गुवाहाटीमा प्रधानमन्त्री मोदीको जनसेवा यात्रामा हुनेछ नुक्कड़ नाटक
गुवाहाटीमा प्रधानमन्त्री मोदीको जनसेवा यात्रामा हुनेछ नुक्कड़ नाटक


गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। सेवा सङ्कल्प अभियान अन्तर्गत ‘नमो सेवा गाथा – एक अव्यक्त कहानी’ शीर्षकमा तयार पारिएको नुक्कड़ नाटकको अन्तिम पूर्वाभ्यास प्रदर्शन बुधवार गुवाहाटीस्थित ज्योति चित्रबनको कलागुरु सभागृहमा साँझ चार बजे आयोजना गरियो।

यस नुक्कड़ नाटकको माध्यमबाट प्रधानमन्त्री नरेन्द्र मोदीको 25 वर्षीय सार्वजनिक सेवा यात्रालाई प्रस्तुत गरिनेछ। कार्यक्रममा नुक्कड़ नाटकसित सम्बन्धित कलाकारहरूले पूर्वाभ्यासको प्रदर्शन गरे।

कार्यक्रममा गुवाहाटी लोकसभा क्षेत्रकी सांसद बिजुली कलिता मेधी, सांस्कृतिक कार्य मन्त्री बिमल बोरा, नुक्कड़ नाटकका पर्यवेक्षणको जिम्मेवारी निर्वाह गरिरहेकी असम सरकारका मन्त्री अश्विनी राय सरकार तथा गुवाहाटी महानगर जिल्ला भाजपा अध्यक्ष तपन दासको उपस्थित रहेको छ।

यस अतिरिक्त असमका केही प्रतिष्ठित एवं लोकप्रिय कलाकारहरू लगायत भारतीय जनता पार्टीका पदाधिकारी र कार्यकर्ताहरू पनि कार्यक्रममा सामेल रहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande