
इटानगर, 23 सेप्टेम्बर (हि.स.)। अरुणाचल प्रदेशको अन्तिम भोटर लिस्टमा 6.96 लाख भोटरको नाम परेको छ। यो सङ्ख्या 'स्पेशल इन्टेन्सिभ रिभिजन' प्रक्रिया शुरू हुनअघिको आँकड़ाभन्दा 1.91 लाख कम हो। यस अन्तिम लिस्टमा 3,43,709 पुरुष, 3,52,315 महिला औ दुई जना थर्ड-जेण्डर भोटर सामेल छन्।
चुनाउ कार्यालयद्वारा आज जारी आधिकारिक बयानमा बताइएको छ, गए मङ्गलवार जारी गरिएको भोटर लिस्टमा रजिस्टर्ड भोटरहरूमध्ये 43.61 प्रतिशतसित फिजिकल वा डिजिटल भोटर आईडी कार्ड छ भने जेण्डर रेश्यो प्रति 1,000 पुरुषहरूमा 1,025 महिलाहरू छन्।
राज्यमा भोटर लिस्टको 'स्पेशल इन्टेन्सिभ रिभिजन गत' 5 जूनदेखि शुरू भएको थियो भने 21 जुलाईमा 7,18,046 भोटरहरूसितै ड्राफ्ट लिस्ट जारी गरिएको थियो। त्यसपछि अधिकारीहरूले सुनवाई गरे अनि भोटरहरूद्वारा जमा गरिएका दस्तावेज एवं बूथ लेभल अधिकारीहरूद्वारा दिइएको शोथ पत्र भेरिफिकेशन गरे।
21 जुलाईदेखि 20 अगस्तसम्म भएको दाबी तथा आपत्तिहरूको चरणमा 18,598 फारम प्राप्त भयो। ड्राफ्ट लिस्टमा 8,803 भोटरलाई जोड़ियो भने 1,924-लाई हटाइयो।
अन्तिम भोटर लिस्टबाट थाहा लाग्छ कि भोटरहरूको सङ्ख्या 8,87,505-देखि घटेर 696026 पुगेको छ अर्थात 1,91,479 भोटर घटेको छ। सिकायत रहेका भोटरहरूले अन्तिम लिस्ट जारी भएको 15 दिनभित्रमा डिस्ट्रिक्ट मेजिस्ट्रेट समक्ष अपील गर्न सक्नेछन्। डिस्ट्रिक्ट मेजिस्ट्रेटले आदेश दिएको 30 दिनभित्रमा चीफ इलेक्टोरल अफिसर समक्ष दोस्रो अपील गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा