द्रूत गतिको डम्बरले बाइकलाई दियो ठक्कर, एउटै परिवारका तीन जना बच्चाहरू सहित पिताको मृत्यु
द्रूत गतिको डम्बरले बाइकलाई दियो ठक्कर, एउटै परिवारका तीन जना बच्चाहरू सहित पिताको मृत्यु


नूँह, 23 सेप्टेम्बर (हि.स.)। नूँह जिल्लाको तावडू-नूँह रोडमा गए मङ्गलवार अबेर राती भएको एक पीड़ादायी सड़क दुर्घटनामा एउटै परिवारका चार जना मानिसहरूको मृत्यु भयो भने एकजना महिला गम्भीर रूपमा घाइते भएकी छन्। यस घटनामा पिता सहित उसका तीन जना नानीहरूको घटनास्थलमै मृत्यु भएको सूचना प्राप्त भएको छ।

जानकारी अनुसार मौलाना शाबिर नानीहरूलाई पढ़ाएपछि आफ्नी पत्नी र तीन जना नानीहरूको साथमा बाइकमा सवार भएर घर फर्किरहेका थिए। यसै क्रममा मारिया मञ्जिल स्कूलको छेउमा पुगेपछि एउटा द्रूत गतिको डम्परले उनको बाइकलाई शक्तिशाली ठक्कर दियो। यस भयानक ठक्करका कारण बाइक सवार पिता र तीन जनानानीहरूको घटनास्थलमै मृत्यु भयो भने महिला गम्भीर रूपमा घाइते भई। घटनापछि डम्पर चालक वाहनलाई छोड़ेर घटनास्थलबाट भाग्यो।

घटनाको सूचना पाउनसाथ पुलिसको टीमले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिसले मृतकहरूको शवलाई कब्जामा लिएर नूँहको सरकारी अस्पतालमा रखाएको छ। गम्भीर रूपमा घाइते महिलालाई उपचारको निम्ति नल्हड़स्थित शहीद हसन खान मेवाती राजकीय चिकित्सा महाविद्यालय एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उसको उपचार भइरहेको छ। पुलिसले डम्पर चालकलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande