
पश्चिम बर्दवान, 23 सेप्टेम्बर (हि.स.)। आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटको अण्डाल थाना क्षेत्रको काजोड़ा पञ्चायत अन्तर्गत कुलबागान क्षेत्रमा बुधवार बिहान एकजना युवकको शव गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटिएपछि क्षेत्रमा सन्त्राष फैलियो। मृतकको पहिचान 35 वर्षीय गौतम बागदीको रूपमा भएको छ।
स्थानीय सूत्र अनुसार, गौतम बागदी गए मङ्गलवारदेखि नै बेपत्ता भएका थिए। परिवार सहित स्थानीय मानिसहरूले पनि तिनलाई खोजिरहेका थिए। खोज्दै जाँदा घरदेखि लगभग 500 मीटरको दूरत्वमा एक सुनसान स्थानमा स्थानीय मानिसहरूको तिनको शव झुण्डिरहेको देखे। घटनाको सूचना पाएर अण्डाल थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
पुलिस अनुसार युवकको मृत्यु कुन परिस्थितिमा भयो, यसको स्पष्ट कारण पोस्टमर्टम रिपोर्ट र जाँच पूरा भएपछि मात्र खुलासा हुनेछ। घटनापछि मृतक परिवारमा शोक छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा