
गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। कामरूप जिल्लाको बाइहाटा चारियालीमा पिस्तोलधारी उपद्रवीहरूले गए अबेर राती एकजना सुन व्यापारीलाई लक्षित गरेर लाखौं रुपियाँको गहना लुटे। घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ।
जानकारी अनुसार उपद्रवीहरूले सुन व्यापारीलाई बन्दुक देखाएर धम्काए अनि उसित रहेका मूल्यवान गहनाहरू लिएर भागे। घटनाको सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुगेर जाँचमा जुट्यो।
पुलिसले उपद्रवीहरूलाई चिन्हित गरेर तिनीहरूलाई पक्राउ गर्नको लागि जाँच गरिरहेको छ। लुटेका गहनाहरूको मूल्य एवं घटनासित सम्बन्धित अन्य जानकारीहरूको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा