
गुवाहाटी, 23 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार भने, राज्यमा जारी अभियान अन्तर्गत पुलिसले भिन्न-भिन्न स्थानहरूबाट 28 जना मानिसहरूलाई हिरासतमा लिएको छ जसलाई उनले ‘अवैध विदेशी’ -को संज्ञा दिएका छन्।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा बताए, गुप्त सूचनाको आधारमा मानकाचर पुलिसले एकजना व्यक्तिको घरबाट 6 जना ‘अवैध विदेशी’ (बङ्गलादेशी)-हरूलाई हिरासतमा लियो जसविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ। साथै उनीहरूलाई कथित रूपमा आश्रय दिने व्यक्तिविरूद्ध पनि जाँच भइरहेको छ।
उनले बताए, गए मङ्गलवार राज्यभरिनै सञ्चालित अभियान अन्तर्गत विभिन्न स्थानहरूबाट थप 22 जना ‘अवैध विदेशी’-हरूलाई हिरासतमा लिएर उनीहरूविरूद्ध कारबाही गरियो।
मुख्यमन्त्रीले भने, असम पुलिसको यो अभियान आगामी दिनमा पनि सक्रिय रूपमा कायम रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा