
कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गाललाई नशामुक्त बनाउने अभियान अन्तर्गत दक्षिण दिनाजपुर जिल्लामा पुलिस प्रशासनले कोडिन युक्त अवैध कफ सिरपका लगभग दुई लाख बोतल जफत गरी नष्ट गरिदियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार बिहान लगभग 11:30 बजे समाज माध्यममा पोस्ट साझा गरी यस आशयको जानकारी दिए।
मुख्यमन्त्रीले बताए, पुलिस प्रशासनको कारबाही पश्चात कफ सिरप बनाउने कम्पनी लेबोरेट फार्मास्यूटिकल्स इण्डिया लिमिटेडले पश्चिम बङ्गाल सरकारलाई राज्यमा आफ्नो ‘एस्कफ कफ सिरप’-को बिक्रीलाई पूर्ण रूपमा बन्द गर्ने आश्वासन दिएको छ। कम्पनीले स्थानीय डीपमा अवस्थित आफ्नो सम्पूर्ण स्टकलाई फिर्ता लिने प्रक्रिया पनि शुरू गरिसकेको छ।
उनले बताए, कम्पनीको पक्षबाट हरिरामपुर थानाको मामिला सङ्ख्या 263/2026- का जाँच अधिकारीलाई पठाइएको पत्रमा प्रशासनलाई सहयोग गर्ने अनि मादक पदार्थ दुरूपयोगलाई रोक्नका लागि नियमहरूको पालन सुनिश्चित गर्ने प्रतिबद्धा व्यक्त गरिएको छ।
शुभेन्दु अधिकारीले भने, अवैध मादक पदार्थ अनि त्यसको तस्करीविरूद्ध सरकारले शून्य सहनशीलताको नीतिलाई कायम राख्नेछ। उनले कारबाहीको निम्ति पुलिस र स्थानीय प्रशासनको सतर्कताको प्रशंसा गर्दै धन्यवाद एवं बधाई दिए।
मुख्यमन्त्रीले भने, भावी युवा पिँढ़ीको सुरक्षित भविष्य सुनिश्चित गर्नको लागि स्वस्थ, सुरक्षित एवं नशामुक्त पश्चिम बङ्गाल निर्माण गर्ने सरकारको मुख्य सङ्कल्प हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा