
कोकराझार (असम), 23 सेप्टेम्बर (हि.स.)। भाजपाका प्रदेश कार्यकारिणी सदस्य तथा कोकराझार जिल्लाका निवासी रिकेश अग्रवालको नाम र फोटो प्रयोग गरी कुनै अज्ञात व्यक्तिद्वारा कथित रूपमा जाली फेसबुक अकाउन्ट बनाइएको मामिला प्रकाशमा आएको छ। यस सम्बन्धमा रिकेश अग्रवालले भावरागुरी आउटपोस्टमा लिखित सिकायत दर्ता गरी मामिलाको जाँच तथा आवश्यक कानूनी कारबाही गर्ने माग गरेका छन्।
सिकायत अनुसार अज्ञात व्यक्तिले उनको अनुमति बिनै उनको नाम, फोटो र अन्य व्यक्तिगत जानकारी प्रयोग गरी सोशल मिडिया अकाउन्ट बनाएको छ। उनले पुलिससित उक्त जाली अकाउन्ट चलाउने व्यक्तिलाई चिन्हित गरी नियमानुसार कारबाही गर्ने अनि भविष्यमा उनको नाम र तस्वीर दुरूपयोग गर्नदेखि रोक्नको लागि आवश्यक कदम उठाउने अनुरोध गरेका छन्।
यसबीच मानिसहरूसित अपील गरिएको छ, उक्त जाली फेसबुक अकाउन्टबाट आउने फ्रेण्ड रिक्वेस्टलाई स्वीकार नगरियोस्। यदि कुनै व्यक्तिले पहिलाबाटै अनुरोधलाई स्वीकार गरेका छन् भने सम्बन्धित व्यक्तिलै कुनै पनि स्थितिमा आफ्नो व्यक्तिगत जानकारी, ओटीपी अथवा ब्याङ्क/धन सम्बन्धी विवरण साझा गरियोस्। अकाउन्टको बारेमा पुष्टि गरेपछि मात्र कुनै प्रतिक्रिया दिइयोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा