प्रेमी युगललाई खम्बामा बाँधियो, पुलिसले बचाएर थानामा लग्यो
प्रेमी युगललाई खम्बामा बाँधियो, पुलिसले बचाएर थानामा लग्यो


पश्चिम मेदिनीपुर, 23 सेप्टेम्बर (हि. स.)। जिल्लाको चन्द्रकोना नगरपालिका अधिनस्थ गोसाई बजारस्थित जोहरा पोखरमा गए मङ्गलवार अबेर राती एकजना महिलाको कोठाभित्र कथित प्रेमीलाई भेटिएपछि विवाद सृजना भयो। आरोप छ, ससुराली पक्षले दुवैलाई कोठाभित्र एकैठाउँ बसेर बातचित गरिरहेको अवस्था फेला पारेपछि परिवारमा आक्रोश फैलियो। त्यसपछि वरपरका छर-छिमेकहरूलाई पनि घटनास्थलमा बोलाइयो। हेर्दा-हेर्दै मानिसहरूको घुइँचो लाग्यो।

स्थानीय सूत्र अनुसार महिलाको पहिचान वन्दना रूइदास (23) को रूपमा भएको छ। महिलाको ससुरालीको एकजना सदस्यले बतायो, लगभग तीन महिनाअघि उसको पतिले फाँसी लगाएर आत्महत्या गरेको थियो। आरोप छ, पतिको मृत्यु भएको केही महिना नबित्दै महिलाले आफ्नो पूर्व प्रेमी बताइएको युवकलाई आफ्नो कोठामा बोलाएकी थिई। युवकको घर सुन्दरवन क्षेत्रमा रहेको बताइएको छ।

ससुराली पक्षले दुवैलाई कोठाभित्र देखेपछि परिवारका मानिसहरूमा आक्रोश फैलियो। त्यसपछि छर-छिमेकलाई बोलाएर दुवैलाई समाती मुख्य सड़कको एउटा खम्बामा बाँधिदिए। महिलाको अनुहारमा चूना लगाइदिएको आरोप पनि छ।

घटनाको सूचना पाएपछि चन्द्रकोना टाउन थानाको पुलिसले घटनास्थलमा पुगेर भीड़लाई शान्त बनायो। पुलिसले दुवै युगल प्रेमीलाई आफूसितै थानामा लिएर गयो। पुलिसले स्थानीय मानिसहरूसित कानूनलाई हातमा नलिने अपील गरेको छ। पुलिसले मामिलाको जाँच कार्य शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande