सड़क दुर्घटनामा युवकको मृत्यु
सड़क दुर्घटनामा युवकको मृत्यु


मोरी गाउँ (असम), 23 सेप्टेम्बर (हि.स.)। मोरी गाउँ जिल्लाको जागीरोड थाना क्षेत्रस्थित राष्ट्रिय राजमार्ग 27 मा भएको सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो।

पुलिसले बुधवार बतायो, बितेको राती थाना क्षेत्रमा टाटा सेमी कन्डक्टर परियोजना निकट राष्ट्रिय राजमार्ग-27 मा एउटा द्रूत गतिको बाइक (एएस-21एन-0277)-ले एउटा ट्रक (एमएल-11ए-1351)-लाई पछाड़िबाट शक्तिशाली ठक्कर दियो जसले गर्दा बाइक चालक युवकको घटनास्थलमै मृत्यु भयो। मृतकको पहिचान यसै थाना अधिनस्थ बगान बस्ती निवासी राज देको रूपमा भएको छ।

घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले मृत युवकको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि मोरी गाउँ सदर अस्पतालमा पठाइदिएको छ। युवकको मृत्युको कारणले सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande