धन उपार्जन तथा सिण्डिकेटमा शासनलाई लिएर आपस्तमा भिड़िए भाजपका दुई विधायक, सार्वजनिक रूपमा चर्को बहस भयो
धन उपार्जन तथा सिण्डिकेटमा शासनलाई लिएर आपस्तमा भिड़िए भाजपका दुई विधायक, सार्वजनिक रूपमा चर्को बहस भयो


कोलकाता, 23 सेप्टेम्बर (हि.स.)। राज्यका मन्त्री एवं विधान नगरका भाजपा विधायक शारद्वत मुखोपाध्यायको 'विधायक दरबार'- मा राजारहाट-न्यूटाउनका भाजपा विधायक पीयूष कानोरिया अचानक पुग्दा त्यहाँ बबाल मचियो। गए मङ्गलवार राती दमदम पार्क क्षेत्रमा आयोजित यस कार्यक्रममा पीयूष कानोरियाले मन्त्री शारद्वततिर औंली उठाउँदै चर्को स्वरमा धन आर्जन र सिण्डिकेट शासनलाई लिएर केही गम्भीर प्रश्नहरु उठाए। सार्वजनिक मञ्चमा आफ्नै दुई वरिष्ठ नेताहरूमाझ भएको यस चर्को बहसले त्यहाँ उपस्थित कार्यकर्ताहरूमा शहरको स्थितिको खुलासा भयो।

दक्षिण दमदम नगरपालिकाको वार्ड नम्बर- 28 मा मङ्गलवार राती पौने आठ बजे मन्त्री शारद्वत मुखोपाध्यायले स्थानीय मानिसहरूको समस्या सुन्नका लागि बैठक डाकेका थिए। बैठकमा मन्त्रीले मानिसहरूको सिकायत पढ़िरहेका थिए, अचानक विधायक पीयूष कानोरिया त्यहाँ पुगेर जनताको माझमा बसे। मन्त्रीले स्थितिलाई सम्हाल्दै उनलाई यसो भनेर मञ्चमा बोलाए कि छिमेकी विधानसभाका विधायक पीयूष कानोरिया आएका छनन्। यसमा पीयूषले तुरून्तै आपत्ति जनाउँदै भने, मन्त्रीले उनलाई अन्य विधानसभाको विधायक भन्न सक्दैनन्।

मञ्चमा चढ़ेपछि पनि माहोल तनाउपूर्ण बनिरह्यो। मन्त्री शारद्वतले जनताद्वारा पठाइएका केही बेनामी पत्रहरू पढ़ेर सुनाए जसमा क्षेत्रमा व्याप्त सिण्डिकेट र बलजफ्ती धन उपार्जनको सिकायत पनि गरिएको थियो। सिकायतको जवाफ दिँदै मन्त्रीले स्पष्ट पारे, अब राज्यमा सरकार परिवर्तन भएको छ। निर्माण सामग्री खरिद गर्नका लागि सबै जना पूर्ण रूपमा स्वतन्त्र छन्। उनले पुरानो तृणमूल सरकारलाई लक्षित गर्दै भने, अब डराउने आवश्यकता छैन, सरकारको नीति रहेको छ- 'न खान्छु, न खान नै दिनेछु'।

मन्त्रीको यस आश्वासनपछि विधायक पीयूष कानोरियाले माइक्रोफन समातेर आफ्नै पार्टीका नेतामाथि हमला गरे। उनले दाबी गरे, उनले आफ्नो जीवनमा कहिल्यै पनि कसैलाई सिण्डिकेट चलाउन दिएनन्। पीयूषले सोझै मन्त्रीसित प्रश्न गरे, जुन आपराधिक तत्वहरूलाई उनले यतिका वर्षसम्म क्षेत्रमा पस्न दिएका छैनन्, उनीहरूलाई अब मन्त्रीको निकटमा बसेका मानिसहरूले राजनीतिक संरक्षण दिएर किन ल्याइरहेका छन्? उनले 'भिखारी' नामक एकजना व्यक्तिको उल्लेख गर्दै भने, जसले एक समयमा हतियार देखाएर धम्काएको थियो, उसलाई यस क्षेत्रमा किन प्रवेश गर्न दिरहेको छ? यस अतिरिक्त उनले त्यहाँ उपस्थित नगरपालिकाकी कार्यकारी अधिकारीसित पनि एउटै व्यक्तिलाई 18 लाइटको ठेका दिइएकोमा पनि प्रश्न उठाएर जवाफ मागे।

यस सम्पूर्ण घटनालाई देखेर स्थानीय भाजपा कार्यकर्ताहरू हैरान भएका छन्। पार्टीभित्र पनि चर्चा चुलिएको छ। केही स्थानीय नेताहरूको मान्यता छ, पीयूष कानोरियाले माग नगरी सिण्डिकेटमाथि स्पष्टिकरण दिनाले विभिन्न शङ्काहरू उत्पन्न गर्छ। यस सम्पूर्ण विवादमाथि मन्त्री शारद्वतले सोझै प्रतिक्रिया व्यक्त गर्दै भने, उनले आफ्नो क्षेत्रका मानिसहरूसित कुरा गरिरहेका थिए। पार्टी हाइकमानले यस घटनामाथि स्पष्टिकरण मागे उनी सम्पूर्ण कुरा बताउनको लागि तयार छन्। अर्कोतिर पीयूषले आफ्नो आक्रमकतालाई सही ठहराउँदै भने, दमदम पार्क उनको पुर्ख्यौली क्षेत्र हो र कुनै पनि स्थितिमा उनी यहाँको शान्ति भङ्ग हुन दिनेछैनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande