रामबनमा दुई जना पुलिसकर्मीहरूलाई कारभित्रै मृत भेटियो
रामबनमा दुई जना पुलिसकर्मीहरूलाई कारभित्रै मृत भेटियो


रामबन, 23 सेप्टेम्बर (हि.स.)। गए मङ्गलवार राती रामबन जिल्लाको बटोत खण्ड अन्तर्गत सनास्थित जियारत मोड़मा एउटा कारभित्र दुई जना पुलिसकर्मीहरूलाई मृत अवस्थामा भेटियो।

एकजना अधिकारीले बताए, अबेर राती जेके-19/5299 नम्बरधारी फिएट लिनिया कारभित्र दुवै पुलिसकर्मीहरूलाई अचेत अवस्थामा भेटियो। स्थानीय मानिसहरूले हतार-हतार उनीहरूलाई जिल्ला अस्पताल रामबानमा पुऱ्याए जहाँ डाक्टरहरूले दुवैलाई मृत घोषित गरिदिए।

मृतकहरूको पहिचान भट्टी रामबन निवासी हेड कन्स्टेबल फरिद अहमद (नम्बर 408/आरबीएन) अनि जटगली रामबन निवासी सिलेक्शन ग्रेड कन्स्टेबल मुहम्मद याकूब (नम्बर 309/आरबीएन)-को रूपमा भएको छ। दुवै नै जिल्ला लाइन्स रामबनमा तैनाथ थिए। मेडिको-लीगल औपचारिकताको लागि शवहरूलाई अस्पतालमा राखिएको छ।

अधिकारीले भने, उनको मृत्युको सही कारण अनि परिस्थितिको बारेमा अहिले थाहा पाउन सकिएको छैन। पुलिसले घटनासित सम्बन्धित परिस्थितिहरूको बारेमा पत्तो लगाउनको लागि कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande