
बिजनौर, 23 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बिजनाैर जिल्लामा नुरपुर थाना क्षेत्रस्थित आलमपुर एडवाको जङ्गलमा बुधवार बिहान सात बजे उखुको खेतमा एकजना महिलाको आधा जलेको शव भेटियो। शवको छेउमा लगभग डेढ़ वर्षकी बालिकालाई रोइरहेको भेटियो। पुलिसले बालिकालाई उपचारको लागि अस्पतालमा भर्ती गराएको छ। महिलाको पहिचान अहिलेसम्म हुन सकेको छैन।
थानाध्यक्ष प्रवेज कुमारले बताए, रामगङ्गा पोषक नहरदेखि रोशनपुर गाउँ जाने सड़कको किनार उखुको खेतमा ग्रामीणहरूले आज बिहान महिलाको आधा जलेको शव देखे। शवको छेउमा बालिका रोइरहेकी थिई। सूचना पाउनसाथ घटनास्थलमा ग्रामीणहरूको भीड़ थुप्रियो।
जानकारी पाएपछि नूरपुर थानाध्यक्ष प्रवेज कुमार पुलिस टीम सहित घटनास्थलमा पुगे। पुलिसले बालिकालाई तत्कालै अस्पतालमा पठाइदियो। चाँदपुर सीओ देशदीपक सिंहले पनि घटनास्थलमा पुगेर घटनाको जानकारी लिए अनि पुलिस अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिए। त्यसपछि फोरेन्सिक टीमलाई घटनास्थलबाट प्रमाण जुटाउँदै शवलाई पोस्टमर्टम ग्रनक लागि पठाइदिएको छ।
थानाध्यक्षले बताए, मृतक महिलाको पहिचान हुन सकेको छैन। उसको उमेर लगभग 25-26 वर्षको छ। प्रारम्भिक जाँचमा गला दबाएर हत्या गरिएको आशङ्का व्यक्त गरिएको छ। पुलिसलाई शङ्का लागेको छ, महिलाको हत्या अन्यत्र गरेर शवलाई यहाँ ल्याएर जलाउने प्रयास गरियो। सम्पूर्ण मामिलाको अनुसन्धान शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा