
आसनसोल, 26 सेप्टेम्बर (हि.स.)। कल्ला अस्पतालको छेउमा शनिवार अचानक एउटा टोटो पल्टिएर त्यसमा सवार दुई जना महिला पुलिसकर्मीहरू घाइते भए। दुर्घटनापछि घटनास्थलमा खैलाबैला मचियो। घाइते महिला पुलिसकर्मीहरूको पहिचान बर्नपुर निवासी अल्पना धिवर र रूम्पा मण्डलको रूपमा भएको छ। दुवै बाराबनी थानामा ड्यूटी जोइन गर्न गइरहेका थिए।
प्रत्यक्षदर्शी प्रदीप मण्डलले बताए, दुवै महिला पुलिसकर्मीहरू टोटो मार्फत बाराबनी तर्फ गइरहेका थिए। कल्ला अस्पतालको छेउमा पुगेपछि अचानक टोटो पल्टियो जसमा सवार दुवै घाइते भए। दुर्घटना भएको तत्कालैपछि
घटनाको जानकारी नर्थ ट्राफिक गार्डलाई दिइयो।
सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि दुवै घाइते महिलाहरूलाई तत्कालै आसनसोल जिल्ला अस्पतालमा पठाइदियो। हाल दुवैको उपचार भइरहेको छ। दुवैको टाउको र खुट्टामा चोट लागेको छ। हाल स्थिति स्थिर रहेको बताइएको छ।
घटनापछि पुलिसले दुर्घटनाको जानकारी जुटायो अनि दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा