अण्डर 14 लिग कम नक आउट फुटबलमा दुईवटा सेमिफाइनल सम्पन्न
Football tournament


खरसाङ, २६ सेप्टेम्बर (हि.स.)। खरसाङको मन्टिभियट खेल मैदानमा स्व लुतेसिंह सार्की विजेता अनि स्व सुखमाया सार्की उप विजेता त्रिस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत शनिबार अण्डर 14 लिग कम नक आउट अन्तर्गत दुईवटा सेमिफाइनल खेल सम्पन्न भएका छन्।

प्रथम खेल खरसाङको सन्त अल्फेन्सस् स्कूल बनाम नयाँ बस्ती एफसीमाझ सम्पन्न भयो। यो खेल एकतर्फी रह्यो, जसमा सन्त अल्फेन्सेस स्कूलले नयाँ बस्ती एफसीलाई 1 को विरुद्ध 8 गोलले विजय बन्दै फाइनलम आफ्नो स्थान पक्का गरेको छ। विजयी दलका खेलाडी रेवन खवासलाई प्लेयर अफ द म्याच घोषित गरियो।

दोस्रो खेल हिल फुटबल एकेडेमी बनाम महानदी एफसीमाझ सम्पन्न भयो, जसमा महानदी एफसी विजयी बन्यो। आगामी 2 अक्टोबरमा हुने फाइनलमा सन्त अल्फन्सस स्कूल र महानदी एफसीमाझ खिताबी भिडन्त हुनेछ।

यसैगरी, आइतबार अन्तर कार्यालय फ्रेन्डशिप कप लिग अन्तर्गत दुईवटा खेलहरु हुनेछन्। प्रथम खेल खरसाङ ट्रफीक दल अनि खरसाङ कोर्टमाझ हुनेछ भने दोस्रो खेल एसआई स्कूल बनाम विद्युत विभाग एमाझ हुनेछ।

ज्ञात रहोस्, अण्डर 14 बोइज अनि गर्ल्स ओपन खेलको फाइनल आगामी 2 अक्टोबरको दिन हुनेछ भने अन्तर कार्यालय फ्रेन्डशिप लिग कम नक आउट फुटबल प्रतियोगिताको फाइनल 3 अक्टोबरमा हुनेछ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande