सिक्किममा उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी चार ठूला कार्यक्रम
प्रा. (डा.) तेज चिङ्थाम


गान्तोक, २६ सेप्टेम्बर (हि.स.)। उत्तरपूर्वी भारतमा उद्यमशीलता, नवप्रवर्तन तथा लगानीको वातावरणलाई थप सुदृढ गर्ने उद्देश्यले माझीटारस्थित अटल इन्क्युबेसन सेन्टर- एसएमयू टेक्नोलजी बिजनेस इन्क्युबेसन फाउन्डेसन (एआईसी-एसएमयूटीबीआई) मा २६ र २७ सेप्टेम्बरमा चारवटा महत्वपूर्ण कार्यक्रम एकसाथ आयोजना भइरहेका छन्।

यस दुई दिवसीय कार्यक्रममा उत्तरपूर्वी राज्यहरू तथा देशका अन्य भागबाट लगानीकर्ता, उद्यम पूँजी कोष, पारिवारिक लगानी कार्यालय, निजी कम्पनी, स्टार्टअप, उद्यमी, सरकारी निकाय, नीतिनिर्माता तथा उद्यमशीलता क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी भइरहेका छन्।

कार्यक्रमअन्तर्गत दोस्रो हिमालयन इन्भेस्टर्स मिट २०२६, नर्थ इस्ट इन्टरप्रेन्योर्स डाइलग २०२६, नीति आयोगको फ्रन्टियर रिजन कार्यक्रम तथा उद्यमी सम्मेलन २०२६ को चौथो संस्करण आयोजना गरिँदैछ। नर्थ इस्ट इन्टरप्रेन्योर्स डाइलगले उत्तरपूर्वका आठवटै राज्यका उद्यमी, स्टार्टअप समन्वय निकाय, सरकारी प्रतिनिधि तथा सम्बन्धित सरोकारवालालाई एउटै मञ्चमा ल्याएर क्षेत्रीय उद्यमशीलता प्रणालीलाई सुदृढ बनाउने तथा उत्तरपूर्वबाट सञ्चालन भइरहेका उद्यमलाई विस्तार गर्ने सम्भावनाबारे छलफल गर्नेछ।

त्यसैगरी, नीति आयोगको फ्रन्टियर रिजन कार्यक्रमअन्तर्गत उत्तरपूर्वका सीमावर्ती क्षेत्रहरूको विकासका प्राथमिकता, सम्भावना तथा चुनौतीबारे सम्बन्धित सरकारी सरोकारवालाबीच रणनीतिक छलफल गर्नेछ।

अटल इन्क्युबेसन सेन्टर-एसएमयूटीबीआईका प्रमुख कार्यकारी अधिकारी तथा राष्ट्रिय स्टार्टअप सल्लाहकार परिषद्का सल्लाहकार सदस्य प्रा. (डा.) तेज चिङ्थामले सञ्चारकर्मीसँग कुरा गर्दै सिक्किममा २६ र २७ सेप्टेम्बरमा आयोजना भइरहेका चारवटा प्रमुख राष्ट्रियस्तरीय कार्यक्रमबारे जानकारी दिॅंदै एचआईएम २६, एनईईडी २६, नीति आयोगको सीमावर्ती क्षेत्र कार्यक्रम तथा उद्यमी सम्मेलन २०२६ ले उत्तरपूर्वी क्षेत्रमा उद्यमशीलता, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनलाई सुदृढ गर्ने उद्देश्यले लगानीकर्ता, स्टार्टअप, कर्पोरेट क्षेत्र तथा नीतिनिर्मातालाई एकै मञ्चमा ल्याउने बताए।

उनले उद्यमी सम्मेलन २०२६ ले स्थानीय उद्यमी तथा स्टार्टअपलाई लगानीकर्ता, ठूला कम्पनी तथा नीतिनिर्मातासँग प्रत्यक्ष संवाद र सहकार्यको अवसर प्रदान गर्ने उद्देश्य राखेको बताए। उनले सिक्किममा आयोजना भइरहेका यस्ता कार्यक्रमले राज्यलाई उत्तरपूर्वी भारतको उद्यमशीलता तथा नवप्रवर्तनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्‍याउने बताए। उनले स्थानीय प्रतिभा र व्यवसायलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्न यस्ता मञ्चको भूमिका महत्वपूर्ण हुने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande