पूजा घुम्नको लागि सड़कसितै जल परिवहनको विशेष प्रबन्ध
पूजा घुम्नको लागि सड़कसितै जल परिवहनको विशेष प्रबन्ध


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाको अवसरमा राज्यवासीहरूका लागि परिवहन व्यवस्थालाई विशेष रूपमा तयार गरिँदैछ। बसहरूसँगसँगै जलपथबाट पनि पूजा परिक्रमा गर्ने प्रबन्ध गरिएको छ। सप्तमीदेखि नवमीसम्म लाञ्चको माध्यमबाट श्रद्धालुहरूलाई कोलकाताका विभिन्न पूजा मण्डलहरूको दर्शन गराइनेछ। परिवहन विभागले यसको लागि रूट तथा भाड़ा पनि निर्धारण गरिसकेको छ।

सप्तमी, अष्टमी र नवमीको बिहान 11 बजे मिलेनियम पार्कदेखि लाञ्च प्रस्थान हुनेछ। हावड़ा जेटी हुँदै लाञ्च आहिरीटोला घाट पुग्नेछ। यहाँबाट वातानुकूलित बसको माध्यमबाट श्रद्धालुहरूलाई आहिरीटोलाको वरपरका पूजा मण्डप, शोभा बजार राजबाड़ी, कुमारटुली पार्क, जगत मुखर्जी पार्क, बलराम मन्दिर, श्रीश्री माँको घर औ बाग बजार सार्वजनिन पूजा मण्डपको दर्शन गराइनेछ। त्यसपछि बागबजार स्टीमर घाटबाट श्रद्धालुहरूलाई फेरि लाञ्चमा बसाएर हावड़ा जेटी हुँदै पुनः मिलेनियम पार्कमा ल्याउनेछ। सम्पूर्ण पूजा परिक्रमा गर्नु लगभग पाँच घण्टाको समय लाग्नेछ। प्रतिव्यक्ति भाड़ा 800 रुपियाँ निर्धारण गरिएको छ।

परिवहन विभाग अनुसार पूजा अवधि हुने भीड़मा आम मानिसहरूको आवागमनलाई अधिक सहज बनाउने अनि योजनाबद्ध ढङ्गमा विभिन्न पूजा मण्डपहरूको दर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले यो विशेष पहल गरिएको हो।

पूजा परिक्रमासित सम्बन्धित विस्तृत जानकारी औ बुकिङ्गको लागि पश्चिम बङ्गाल परिवहन निगमसित सम्पर्क गर्न सकिन्छ। सम्पर्क नम्बर- 8697733391 र 8697733392 छ भने व्हाट्सऐप नम्बर- 9830177000 रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande