दक्षिण बङ्गालको मौसममा सुधार आउने सम्भावना, आइतवार वर्षाको गति कम हुने
दक्षिण बङ्गालको मौसममा सुधार आउने सम्भावना, आइतवार वर्षाको गति कम हुने


कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा शनिवार बिहानदेखिकै केही जिल्लाहरूमा वर्षा भइरहेको छ।तथापि मौसम विभाग अनुसार शनिवार अपरान्ह वा साँझदेखि दक्षिण बङ्गालको मौसममा सुधा आउने सम्भावना छ। आइतवार वर्षा कम हुनेछ। तर हावामा नमी अधिक भएको कारणले आद्रता र गर्मीले मानिसहरूको बेहाल हुनेछ।

अलिपुर मौसम कार्यालय अनुसार दक्षिण बङ्गालमा आगामी सोमवारदेखि छ दिनसम्म तीव्र वर्षा वा हुरी-बतास आउने कुनै चेताउनी दिइएको छैन। तथापि दक्षिण बङ्गालबाट मनसुनको औपचारिक विदाई अहिले भएको छैन। त्यसैले वातावरणमा नमी कायम रहनेछ भने सोमवारदेखि शुक्रवारबीच कतिपय स्थानहरूमा केही समयको लागि हल्का वर्षा हुनसक्छ।

उत्तर बङ्गालमा शनिवार जलपाईगुड़ीमा घना वर्षा हुने सम्भावना छ। अन्य जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। आइतवारदेखि उत्तर बङ्गालमा पनि वर्षाको प्रभाव अनि क्षेत्र कम हुने सम्भावना छ।

भारी वर्षा हुने चेताउनीलाई ध्यानमा राखेर शनिवार बिहान 6 बजेदेखि अपरान्ह 12 बजेसम्म सेवकदेखि रङ्गपोसम्म राष्ट्रिय राजमार्ग-10 लाई बन्द राख्ने घोषणा गरिएको छ। यो निर्णय एनएचआईडीसीएलले लिएको हो।

मौसम विभाग अनुसार दुर्गा पूजापूर्व यदि फेरि कुनै नयाँ निम्न दबाव क्षेत्र विकसित भयो भने मौसम फेरि परिवर्तन हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande