
गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। महानगरको चाँदमारी क्षेत्रमा गए शनिवार अबेर राती एउटा द्रूत गतिको बेलोरो वाहनले एकजना डिलीभरी ब्वोईलाई ठक्कर दियो।घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।
घटनाको सम्बन्धमा पुलिसले दुर्घटनालाई परिणाम दिने बोलेरो चालकलाई पक्राउ गरेको छ। बताइएको छ, दुर्घटनापछि चालकले आफूलाई पुलिस वाहनको चालक बताएको थियो। यद्यपि पुलिसले उसलाई पक्रु गरी मामिलाको जाँच शुरू गरेको छ।
पुलिसले दुर्घटनाको कारणसँगसँगै चालकले आफूलाई पुलिस वाहनको चालक बताइएको सम्बन्धमा पनि जाँच गरिरहेको च। दुर्घटनामा गम्भीर रूपमा घाइते डिलीभरी ब्वोईको स्थितिको बारेमा तत्काल विस्तृत जानकारी उपलब्ध गराएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा