
गुवाहाटी, 27 सेप्टेम्बर (हि.स.)। असम अग्निशमन एवं आपातकालीन सेवाको बेड़ामा 10.9 करोड़ रुपियाँको टर्नटेबल ल्याडरलाई सामेल गरिएको छ। यस किसिमको अत्याधुनिक उपकरण सामेल हुनाले राज्यमा अग्ला-अग्ला भवनहरूमा आगलागी वा कुनै पनि आपत स्थिति आइलागे बचाउ अभियानलाई अझ द्रूत गतिमा अगाड़ि बढ़ाउन सकि्छ।
टर्नटेबल ल्याडरको मद्दतले अग्निशमन एवं बचाउ दल 42 मीटरसम्मको उच्चतामा तत्काल पुग्नसक्छ। यसबाट अग्ला-अग्ला भवनहरूको माथिल्लो तलामा फसेका मानिसहरूलाई सुरक्षित निकाल्नमा सहयोग पुग्नेछ।
विभाग अनुसार नयाँ उपकरणबाट शहरी क्षेत्रहरूमा अग्ला भवनहरूसित सम्बन्धित आपत स्थितिको सामना गर्ने क्षमता मजबुत हुनेछ। टर्नटेबल ल्याडरको कारणले असम अग्निशमन एवं आपातकालीन सेवाको बचाउ अभियानको तयारीलाई अझ मजबुत बनाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा