असम पुलिस दिवसको अवसरमा ग्वालपाड़ामा भित्ते चित्र लेखन प्रतियोगिता
असम पुलिस दिवसको अवसरमा ग्वालपाड़ामा भित्ते चित्र लेखन प्रतियोगिता


गोलपारा (असम), 28 सेप्टेम्बर (हि.स.)। आगामी एक अक्टोबरको दिन सारा असमभरि पुलिस दिवस मनाइनेछ। यसलाई मध्यनजर गर्दै ग्वालपाड़ा जिल्ला प्रशासनले विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय लिएको छ।

यसान्तर्गत ग्वालपाड़ा पुलिस रिजर्भको भित्तामा सुन्दर भित्ते चित्र लेखन प्रतियोगिता आयोजना गरियो जसमा जिल्ला अधिनस्थ विभिन्न क्षेत्रका धेरै जना विद्यार्थीहरूले भाग लिएर रङ्ग र ब्रशको माध्यमबाट आआफ्नो भावना व्यक्त गरे।

विद्यार्थीहरूले समाजमा देखिएका-भोगिएका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूलाई मुख्य थीमको रूपमा लिएर चित्राङ्कन गरेका छन्। यसमा मुख्यतया बालविवाह रोक्ने अर्थात् समाजबाट बालविवाह जस्तो कुरितीलाई उन्मूलन गर्ने सन्देश दिइयो। साथै लागू औषध विरोधी जागरूकता अन्तर्गत युवा पुस्तालाई लागू औषधिको भयावहता र यसको दुरुपयोगबाट बच्नको लागि जागरूक गराइयो। सड़क सुरक्षालाई ध्यानमा राख्दै सड़क दुर्घटनाहरूलाई रोक्न तथा सुरक्षित यातायातको सन्देश दिइएको छ।

कानुन अनि व्यवस्थालाई कायम राख्ने मात्र नभएर पुलिस एवं समाजमाझ, विशेष गरी नयाँ पुस्तासँग बलियो र सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने उद्देश्यले यस किसिमको भिन्नै कदम उठाइएको हो। यस प्रतियोगितामा विद्यार्थीहरूले चित्रकलाको माध्यमबाट समाजलाई एउटा सशक्त सकारात्मक सन्देश दिने प्रयास गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande