मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहीद भगत सिंहलाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे
मुख्यमंत्री शुभेंदु अधिकारी ने भगत सिंह को श्रद्धांजलि दी


कोलकाता, 28 सेप्टेम्बर (हि.स.): महान क्रान्तिकारी एवं स्वतन्त्रता सेनानी शहीद भगत सिंहको जन्मजयन्तीमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमवार बिहान उनलाई श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले सामाजिक सञ्जालको माध्यमबाट भगत सिंहलाई नमन गर्दै उनको बलिदानलाई स्मरण गरे।

भगत सिंहको जन्म 28 सेप्टेम्बर, 1907- मा पञ्जाबको बङ्गा गाउँमा भएको थियो जुन वर्तमानमा पाकिस्तानभित्र छ। तत्कालीन प्रमाणको आधारमा उनको जन्म 27 सेप्टेम्बर, 1907-मा भएको बताइन्छ भने उनको जन्मजयन्ती 28 सेप्टेम्बरमा देशभरि नै मनाइन्छ।

भगत सिंह भारतीय स्वतन्त्रता आन्दोलनका सबैभन्दा प्रभावशाली क्रान्तिकारीहरूमध्ये एक थिए। जलियाँवाला बागमा भएको नरसंहारले उनको विचारमाथि गहिरो प्रभाव पारेको थियो। युवाहरूलाई स्वतन्त्रता आन्दोलनसँग जोड्नका लागि उनले नौजवान भारत सभा गठन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पछि उनी हिन्दुस्तान सोशलिस्ट रिपब्लिकन एसोसिएशनमा सामेल भए।

भगत सिंह र उनका साथीहरूले ब्रिटिश शासनविरुद्ध क्रान्तिकारी गतिविधिहरूमा भाग लिए। 17 दिसम्बर, 1928- मा लाहोरमा भएको ब्रिटिश अधिकारी जे. पी. साण्डर्सको हत्याको कारबाहीमा भगत सिंह र राजगुरु संलग्न थिए। त्यसपछि 8 अप्रेल, 1929- मा भगत सिंह एवं बटुकेश्वर दत्तले दिल्लीको केन्द्रिय विधानसभामा बम र पर्चाहरू फाले।तर उनीहरू पक्रा परे।

ब्रिटिश शासनले 23 मार्च, 1931 मा भगत सिंह, राजगुरु र सुखदेवलाई फाँसी दिएको थियो। कलिलै उमेरमा देशको स्वतन्त्रताका लागि दिइएको उनीहरूको बलिदानको कारणले भगत सिंहलाई भारतीय स्वतन्त्रता सङ्ग्रामको इतिहासमा आज पनि स्मरण गरिन्छ। उनको जन्मजयन्तीमा देशभरि नै विभिन्न कार्यक्रमहरूको माध्यमबाट उनलाई श्रद्धाञ्जली अर्पण गरिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande