
इटानगर, 28 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) अरुणाचल प्रदेश एकाईले चुनाउ आयोगको कार्यप्रणाली र मतदाता सूचीको लागि भइरहेको 'विशेष गहन परीक्षण' (एसआईआर)- माथि प्रमाणको आधारमा सार्वजनिक बहस गर्ने माग कङ्ग्रेससित गरेको छ।
पार्टीले निर्वाचन आयोगमाथि लगाइएको आरोप र उसको राजीनामाको मागमाथि पनि प्रश्न उठाएको छ। मिडियासँग कुराकानी गर्दै भाजपाका प्रदेश प्रवक्ता टोबोम दाईले भारतीय निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको बारेमा कङ्ग्रेस नेता तथा विपक्षका नेता राहुल गान्धीले दिएका बयानलाई उद्धृत गरे। दाईले तथ्यको उचित अनुसन्धान नगरी संवैधानिक निकायविरुद्ध गम्भीर आरोप लगाउन नहुने बताए।
उनले गत 26 सेप्टेम्बरको दिन ईसीआईद्गवारा जारी त्यस स्पष्टिकरणको उल्लेख गरे जुन एक राष्ट्रिय दैनिकमा आयोगभित्र कथित रूपमा व्याप्त मतभेदहरू र एसआईआर प्रक्रियाको सम्बन्धमा प्रकाशित रिपोर्टपछि उठाइएका मुद्दाहरूको जवाफमा दिइएको थियो।
स्पष्टीकरण अनुसार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार, निर्वाचन आयुक्त सुखबीर सिंह सान्धु र विवेक जोशीले पूर्ण आयोगको बैठकको पक्षमा भने, एसआइआरसँग सम्बन्धित निर्णय पूर्ण आयोगको स्वीकृतिमा लिइएको थियो। एसआईआरले क्याबिनेट सचिवसँग भएको बातचित तथा फारम-6 प्रक्रिया सम्बन्धित प्रश्नहरूको पनि जवाफ दियो।
भाजपाका प्रवक्ताले भने, विवादको मूल्याङ्कन गर्दा मिडिया रिपोर्ट र राजनीतिक बयानसँगसँगै आयोगको स्पष्टीकरणमाथि पनि विचार गरिनुपर्छ। उनले भने,चुनावी मामिलामाथि चर्चा सत्यापित जानकारी र स्थापित संवैधानिक एवं कानूनी प्रक्रियाहरूको माध्यमबाट हुनुपर्छ।
दाईले मुख्य निर्वाचन आयोगको राजीनामा मागको आधारमा प्रश्न उठाए अनि भारत निर्वाचन आयोगको यस नीतिलाई उद्धृत गरे कि एसआईआरसित सम्बन्धित फसेला पूर्ण आयोगद्वारा सर्वसम्मतिले लिइएको थियो। उनले यो पनि आरोप लगाए, जब चुनाउको नतिजा काङ्ग्रेस र यसका सहयोगीहरूको पक्षमा हुँदैन, तब संवैधानिक संस्थाहरूको आलोचना बढ्छ।
संवैधानिक संस्थाहरूप्रतिको निरन्तर सम्मानको बारेमा बोल्दै दाईले भने, लोकतान्त्रिक प्रक्रियाहरूको विश्वसनीयता यसमाथि निर्भर गर्दछ कि सार्जवजनिक चर्चाहरू प्रमाण, आधिकारिक रेकर्ड तथा उचित प्रक्रियामाथि आधारित होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा