दानकुनीमा सुन व्यापारीमाथि गोली दागियो, अपराधी भाग्यो
डानकुनी थाना


हुगली, 28 सेप्टेम्बर (हि.स.)। गए आइतवार राती दानकुनीमा एकजना सुन व्यापारीलाई लक्षित गरी दुई राउण्ड फायरिङ्ग गरिएको घटनापछि क्षेत्रमा सन्त्राष फैलियो। घटना डानकुनीको वार्ड नम्बर- 16 स्थित 9 नम्बर रेलवे गेट क्षेत्रमा भएको बताइएको छ।। घटनाको जानकारी पाए लगत्तै पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो।

स्थानीय सूत्र एवं सुन व्यापारीको दाबी अनुसार पार्थ दास आफ्नो पसल बन्द गरेर पत्नीसँग बाइकमा सवार भएर घरतिर फर्किरहेका थिए। यसै अवधि दुई वटा बाइकमा सवार पाँच जना मानिसहरू उनीहरूको अगाड़ि आए। आरोप छ, उपद्रवीहरूले व्यापारीको बाइकलाई धक्का दिए, त्यसपछि पार्थ दास र उनकी श्रीमती सड़कमा लड़े।

बाइक लड़ेपछि उपद्रवीहरूले व्यापारीको नजिकै रहेको एउटा थैला कथित रूपमा थुते। त्यसपछि उपद्रवीहरूले पार्थ दासलाई ताकेर गोली चलाएको आरोप लगाइएको छ। तर, गोली सुन व्यापारीलाई लागेन। नजिकै रहेको एउटा घरको भित्तामा गएर गोली ठोक्कियो। यसपछि उपद्रवीहरूले लगातार दुई राउण्ड गोली चलाए अनि घटनास्थलबाट भागे।

घटनापछि क्षेत्रको वातावरण सन्त्राषपूर्ण भएको छ। तर राहतको कुरा के छ भने सुन व्यापारी र उनकी पत्नी सुरक्षित छन्। घटनाको जानकारी पाएपछि दानकुनी पुलिस थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले क्षेत्रका सीसीटीभी फुटेजहरूलाई खङ्गालेर जाँच शुरू गरेको छ। उपद्रवीहरू को थिए, गोली चलाउनुको उद्देश्य के थियो र लुटेको थैलामा के थियो, यी सबै पक्षहरूको अनुसन्धान भइरहेको छ।

गोली चलाउनुको कारण पनि अहिले स्पष्ट हुन सकेको छैन। पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande