पसल अगाड़ी सुतिरहेको व्यक्तिको हत्या
मौके पर पहुंची मां और ग्रामीण रोते बिलखते परिजन


जौनपुर, २८ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको जौनपुर जिल्लाको सिकरारा थाना क्षेत्र स्थित गोदाम चौक नजिकै आइतवार राति पसल अगाड़ी सुतिरहेका ५० वर्षीय उदयराज यादवको अज्ञात व्यक्तिले भारी वस्तुले टाउकोमा प्रहार गरी हत्या गरेका छन्। घटनापछि पुलिसले शव पोस्टमार्टमका लागि पठाएको छ भने फरेन्सिक टोलीले घटनास्थलबाट प्रमाण संकलन गरेको छ।

भभौरी गाउँ निवासी उदयराज मानसिक रूपमा अस्वस्थ थिए र दैनिकजसो सोही पसल अगाड़ी सुत्ने गरेका थिए। घटनाको जानकारी पाएपछि अपर पुलिस अधीक्षक (ग्रामीण) आतिश कुमार सिंह घटनास्थल पुगे।

पुलिस अनुसार, मृतक चार दाजुभाइमध्ये एक थिए। उनका एक भाइको यसअघि हत्या भइसकेको, एक जना मुम्बईमा कार्यरत र अर्का लामो समयदेखि बेपत्ता छन्। पुलिसले यी सबै पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ।

पुलिस प्रमुख कुँवर अनुपम सिंहको निर्देशनमा हत्याको अनुसन्धानका लागि तीन टोली गठन गरिएको छ। हत्या किन र कुन परिस्थितिमा भयो भन्नेबारे गहन छानबीन भइरहेको तथा दोषीको पहिचान गरी चाँड़ै घटनाको खुलासा गरिने पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande