रानी रासमणिको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले नमन गरे
रानी रासमणि के जन्मदिन पर मुख्यमंत्री शुभेंदु अधिकारी ने दी श्रद्धांजलि


कोलकाता, 28 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सोमलार सामाजिक सञ्जालमा पोस्ट गरी दक्षिणेश्वर काली मन्दिरकी संस्थापक लोकमाता रानी रासमणी लाई उनको जन्मजयन्तीमा श्रद्धापूर्वक नमन गरे। उनले रानी रासमोनीको सामाजिक, धार्मिक र जनकल्याणकारी योगदानलाई स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पण गरे।

रानी रासमणीको जन्म 28 सेप्टेम्बर, 1793 मा हालको उत्तर 24 परगना जिल्लाको हालिशहरको कोना गाउँमा भएको थियो। बङ्गालको नवजागरण कालमा उनले समाजसेवी र जनहितेषीको रूपमा आफ्नो भिन्नै पहिचान स्थापित गरेकी थिइन्। पतिको मृत्युपछि उनले जमीनदारको जिम्मेवारी सम्हालेकी थिइन् भने विभिन्न जनकल्याणकारी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

रानी रासमणीले तिर्थ यात्रीहरूको सुविधाका लागि सड़क बनाएकी थिइन्। कोलकातामा गङ्गा स्नानको लागि बाबुघाट, अहिरीटोला घाट र निमतला घाटको निर्माणसँग पनि उनको नाम जोडिएको छ। उनले तत्कालीन हिन्दू कलेज र इम्पेरियल लाइब्रेरीलाई आर्थिक सहयोग पनि प्रदान गरेकी थिइन्।

रानी रासमणीको सबैभन्दा प्रमुख पहिचान दक्षिणेश्वर काली मन्दिरको संस्थापकका रूपमा रहेको छ। हुगली नदीको किनारमा उनले माँ भवतरिणीको मन्दिर निर्माण गराइन्। यसै मन्दिरसित पछि स्वामी रामकृष्ण परमहंसको जीवन र साधना गहिराइ पूर्वक जोड़ियो। रानी रासमणीले उनलाई मन्दिरमा पुजारीको रूपमा नियुक्त गरेकी थिइन् र उनको संरक्षण पनि गरेकी थिइन्।

रानी रासमोणीको जीवन सामाजिक सेवासँगसँगै तत्कालीन ब्रिटिस शासनको विरोधसँग सम्बन्धित घटनाहरूका लागि परिचित छ। त्यसताक माछुआराहरूमाथि लगाइएको करको विरोध सहित केही मामिलाहरूमा उनले जनहितसित सम्बन्धित मुद्दामा ब्रिटिश प्रशासन समक्ष आफ्नो पक्ष राखिन्। उनका कल्याणकारी कार्यहरू तथा सामाजिक योगदानका कारण उनलाई बङ्गालको लोक संस्कृतिमा सम्मानपूर्वक ‘'लोकमाता रानी रासमणी‘' भनिन्छ। सन् 1861- मा रानी रासमोणीको मृत्यु भएको थियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande