
गुवाहाटी, २९ सेप्टेम्बर (हि.स.)। भारत र वेस्टइन्डिजबीचको दोस्रो एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलअघि मंगलवार भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर गुवाहाटी स्थित प्रसिद्ध माँ कामाख्या मन्दिर पुगेका छन्। उनले मन्दिरमा पूजाअर्चना गरेका छन्।
गम्भीरले बुधवार बरसापारा क्रिकेट रंगशालामा हुने भारत–वेस्टइन्डिज खेलअघि कामाख्या मन्दिरको भ्रमण गरेका हुन्। तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेलका लागि दुवै टोली गुवाहाटी पुगिसकेका छन्।
भारतले तिरुवनन्तपुरममा भएको पहिलो एकदिवसीय खेल जित्दै शृंखलामा १–० को अग्रता लिएको छ। दोस्रो खेल ३० सेप्टेम्बरमा दिउँसो २ बजीदेखि हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी