दुर्गा पूजाको जाली पास मामिलामा पूर्व मन्त्री इन्द्रनील सेनको घरमा ईडीको छापा
इन्द्रलीन सेन के ठिकानों पर ईडी का रेड


कोलकाता, 29 सेप्टेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)- ले मङ्गलवार बिहान तृणमूल कङ्ग्रेसका पूर्व मन्त्री इन्द्रनील सेनको कोलकातास्थित कासबा निवास सहित धेरै वटा स्थानहरूमा छापामारी गऱ्यो। यो कारबाही दुर्गा पूजाको नाममा नक्कली पासहरू बेचिएको र करोडौँ रुपियाँको वित्तीय अनियमितता भएको आरोपको अनुसन्धान अन्तर्गत गरिएको हो।

सूत्र अनुसार इन्द्रनील सेन र उनकी पत्नीको संस्थामाथि युनेस्कोको नाम प्रयोग गरी नक्कली दुर्गा पूजा परिक्रमाको कथित जाली पास बेचेको आरोप लगाइएको छ। सोही मामिलाको अनुसन्धानको सिलसिलामा ईडीको टोली मङ्गलवार बिहान उनको कासबास्थित घरमा पुगेर खोजी अभियान शुरू गऱ्यो।

ईडीको कारबाही पूर्व मन्त्रीको निवाससम्म मात्र सीमित छैन। उनको संस्थाको कार्यालय सहित कोलकाताका अन्य धेरै वटा स्थानहरूमा पनि एकैसाथ खोजी अभियान भइरहेको छ। ईडीको एउटा टोली हुगलीस्थित इन्द्रनील सेनको फार्महाउसमा पनि पुगेको बताइएको छ।

हाल खोजी अभियान र आरोपहरूको विवरण ईडीले खुलासा गरेको छैन। यस मामिलामा थप विवरणको प्रतिक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande