खेजुरी थाना क्षेत्रमा पुलिसको अभियान, प्रचुर मात्रामा पटाका जफत
पुलिस अभियान में 350 किलो आतिशबाजी जब्त


पूर्व मेदिनीपुर, 29 सेप्टेम्बर (हि.स.)। जिल्लाको खेजुरी थाना क्षेत्रमा पुलिसले अभियान सञ्चालन गरी प्रचुर मात्रामा पटाका जफत गरेको छ। पुलिस अनुसार गए सोमवार राती खेजुरी थाना अन्तर्गत हालुदबारी ग्राम पञ्चायत क्षेत्रमा यो अभियान सञ्चालन गरिएको थियो।

सूचनाको आधारमा पुलिसको टीमले हालुदबारी ग्राम पञ्चायत क्षेत्रमा खोजी अभियान सञ्चालन गऱ्यो जसमा लगभग 300 देखि 350 किलोग्राम पटाका जफत गरियो। यस मामिलामा पुलिसले नयमानुसार अग्रिम कारबाही गरिरहेको छ।

यस क्षेत्रमा सार्वजनिक सुरक्षा र कानून व्यवस्थालाई कायम राख्ने उद्देश्यले यसकिसिमको अभियान निरन्तर सञ्चालन गरिरहेको पुलिस प्रशासनले जनाएको छ। विशेष गरी प्रचुर मात्रामा पटाकाहरूको भण्डारण र यसबाट हुनसक्ने सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै पुलिसले निगरानी बढाइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande