
नन्दीग्राम, 29 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालको नन्दीग्राममा उपचुनाउ हुनअघि फेरि राजनीतिक तनाउ भएको छ। दाउदपुर क्षेत्रमा गए सोमवार भारतीय कम्युनिस्ट पार्टी (भाकपा)- का उम्मेद्वार शान्तिगोपाल गिरीमाथि भएको कुटपीटको आरोप भाजपाका नेता अब्बास बेगमाथि लागेको छ। यसैबीच अब्बास बेगले अबेर साँझ शान्तिगोपाल गिरी र उनका समर्थकहरूमाथि कुटपिट गरेको आरोप लगाउँदै नन्दीग्राम थानामा सिकायत दर्ता गराएका छन्। पुलिसले दुवै पक्षको उजुरीको आधारमा घटनाको अनुसन्धान शुरु गरेको छ।
पुलिस एवं स्थानीय मानिसहरू अनुसार गए सोमवार साँझ नन्दीग्राम विधानसभा क्षेत्रका वाम उम्मेद्वार शान्तिगोपाल गिरी दाउदपुरको मुस्लिम बहुल क्षेत्रमा प्रचार गर्न गएका थिए। आरोप छ, यसै अवधि भाजपाका नेता अब्बास बेगले उनलाई रोके कुटपिट गरे। शान्तिगोपाल गिरीको आरोप छ, उनलाई सड़कमा लड़ाएर कुटियो जसले गर्दा उनको खुट्टामा चोट लाग्यो साथै उनको कपड़ा पनि च्यातियो। घटनापछि उनले अब्बास बेगविरुद्ध नन्दीग्राम पुलिस थानामा सिकायत दर्स्टेता गराए।
यता अब्बास बेगले पनि पुलिसमा सिकायत दर्ता गराउँदै आरोप लगाए, शान्तिगोपाल गिरीले मुस्लिम क्षेत्रमा गएर धर्मको नाममा स्थानीय जनतालाई भ्रमित पारिरहेका थिए। यसको विरोध गर्दा सीपीआई उम्मेद्वार र उनका समर्थकहरूले उनीमाथि बाँसले प्रहार गरे। अब्बास अनुसार झड़पमा उनको टाउकोमा चोट लागेपछि स्थानीयहरूले उनलाई अस्पतालमा पुऱ्याए।
घटनापछि शान्तिगोपाल गिरीले पार्टी कार्यालयमा भाजपामाथि प्रचारमा बाधा दिरहेको आरोप लगाए। उनले भने, आफ्नो बूथमा प्रचार गर्न गएकोमा प्रश्न उठाउँदै उनीमाथि कुटपिट गरियो। अर्कातिर अब्बास बेगले शान्तिगोपाल गिरीमाथि मतदाताहरूलाई भ्रमित पारेको आरोप लगाउँंदै विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए।
नन्दीग्राममा आगामी 6 अक्टोबरमा उपचुनाउ भइरहेको छ। यसअघि कङ्ग्रेस उम्मेद्वार मिलन प्रधानलाई पक्राउ गरिएको तथा काङ्ग्रेसको प्रचार अभियानमा आक्रमण भएको आरोप उठिसकेको छ। अब सीपीआई उम्मेद्वारमाथि कुटपिट गरेको आरोपले यस क्षेत्रमा राजनीतिक तनाउ बढाएको छ। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा