
गोलाघाट (असम), 29 सेप्टेम्बर (हि.स.)। गोलाघाट जिल्लाको सकरधारा क्षेत्रमा भएको एक सड़क दुर्घटनामा दुई जना मानिसहरूको घटनास्थलमै मृत्यु भयो। जिल्लाको सकरधारा क्षेत्रमा गए राती अज्ञात वाहनको चपेटमा परेर दुई जना बाइक सवारहरूको घटनास्थलमै मृत्यु भएको पुलिसले मङ्गलबार जनाएको छ।
मृतकहरूको पहिचान मन्टु नाथ र रिङ्कु नाथका रूपमा भएको छ। घटना हुँदा दुवैजना बाइक मार्फत गइरहेका थिए। यसै अवधि विपरीत दिशाबाट आइरहेको अज्ञात वाहनको चपेटमा परी दुवैको घटनास्थलमै मृत्यु भयो।
एक गैरसरकारी ब्याङ्कका शाखा प्रबन्धक मिन्टु नाथ आफ्ना भाइ रिङ्कुसँग बाइकमा गइरहेका थिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले दुवै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
पुलिसले यस सम्बन्धमा एफआईआर दर्ता गरी अज्ञात वाहन अनि चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा