
कोलकाता, 29 सेप्टेम्बर (हि.स.)। मङ्गलबार पश्चिम बङ्गालको मौसममा ठूलो परिवर्तन हुने सम्भावना छैन। दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा आंशिक रूपमा बादल लागनको साथै कतिपय स्थानहरूमा हल्का वर्षा वा गर्जन हुने सम्भावना छ।अहिलेसम्म कुनै पनि जिल्लामा भारी वर्षा हुने चेताउनी जारी गरिएको छैन।
कोलकातामा बिहानको मौसम अपेक्षाकृत सफा रहेपछि दिउँसो वरपर स्थानीय रूपमा हल्का वर्षा हुने सम्भावना छ। तापक्रम लगभग 32-35 डिग्री सेल्सियस अनि न्यूनतम तापक्रम 26-27 डिग्री लगभग रहने पूर्वानुमान गरिएको छ। वायुमण्डलमा उच्च आद्रताको कारणले समस्या हुनसक्छ।
दक्षिण बङ्गालका पूर्व एवं पश्चिम मेदिनीपुर, झारग्राम, हावडा, हुगली, उत्तर र दक्षिण 24 परगना, बाँकुरा, पुरुलिया, पश्चिम बर्दवान, बीरभूम, नादिया र मुर्शिदाबादका केही भागहरूमा हल्का वर्षा वा गर्जन हुन सक्छ। उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर एवं दक्षिण दिनाजपुर तथा मालदामा पनि केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
मौसम विभागको हालैको पूर्वानुमान अनुसार राज्यमा हाल भारी वर्षा हुने जस्तो स्थिति छैन। विगतका दिनहरूमा गहिरो निम्न दबावको प्रभावले गर्दा भएको वर्षापछि अब वर्षाको तीव्रतामा कमी आएको सङ्केत देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा