असमको चौथो एग्रीकल्चर कलेज, बराक भ्यालीमा पहिलोः मुख्यमन्त्री
असम के मुख्यमंत्री द्वारा सोशल मीडिया पर शेयर पोस्ट की तस्वीर


गुवाहाटी, 30 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले बुधवार बताए, असमलाई आफ्नो चौथो एग्रीकल्चर कलेज प्राप्त भइरहेको छ। राज्य मन्त्रीपरिषद्ले बराक उपत्यकाको पथारकान्दीमा 84.6एकड़ जमीन दिनेलाई स्वीकृति दिएको छ।

सोशल मिडिया प्लेटफर्म फेसबुकमा डा. सरमाले भने, प्रस्तावित संस्थान बराक उपत्यकाको पहिलो कृषि कलेज हुनेछ। यस पहलले युवाहरूका लागि कृषि अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनका अवसरहरू सिर्जना गर्ने मुख्यमन्त्रीले बताए।

मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले भने, असमले आफ्नो चौथो कृषि महाविद्यालय तथा बराक उपत्यकाले पहिलो महाविद्यालय प्राप्त गर्न गइरहेको छ! उनले भने, मन्त्रीमण्डलले यस परियोजनाको लागि पथारकान्दीमा84.6 एकड़ जमिीनको आवंटनलाई स्वीकृति दिएको छ।

ज्ञात रहोस्, बराक उपत्यकाका जनताले शुरूबाटै यो आरोप लगाउँदै आइरहेका छन् कि राज्य सरकारले ब्रह्मपुत्र उपत्यकाको विकासलाई मात्र ध्यान दिन्छ, बराक उपत्याकालाई बेवास्ता गर्छ। तर वर्तमान सरकारको कार्यकालमा ब्रह्मपुत्रसँगै बराक उपत्यकाको विकासकाो लागि पनि धेरै वटा कदमहरू उठाइएकोछ जसकारण उपेक्षितका कुराहरू अब इतिहासको पृष्ठमा विलिन भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande