
कोक्राझार (असम), 30 सेप्टेम्बर (हि.स.)। 'भारत सङ्कल्प अभियानको अवसरमा फकिराग्राम नगरपालिकाको पक्षबाट सफाई व्यवस्थालाई कायम राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सफाई मित्रहरूलाई विशेष रूपमा सम्मानित गरियो। नगरपालिका अध्यक्ष सुल्तान आलमको नेतृत्वमा आज सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रणव शर्मा, वार्ड आयुक्त, नगरपालिकाका अधिकारी तथा कर्मचारीगण अनि स्थानीय नागरिकहरू उपस्थित थिए।
कार्यक्रममा सफाई मित्रहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो। शिविरमा चिकित्सक डा. कैलाश पतिनाथले सफाई कर्मीहरूको स्वास्थ्य जाँच गरी आवश्यक चिकित्सा सल्लाह दिए। आवश्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको थियो।
कार्यक्रमको माध्यमबाट सफाई मित्रहरूको महत्त्वपूर्ण योगदानप्रति सम्मान व्यक्त गर्नको साथै उनीहरूको स्वास्थ्य एवं सुरक्षाप्रति जागरणमूलक सन्देश दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा