दुर्गा पूजापूर्व दिघामा सुरक्षा बढाइयो, सय जना पुलिसकर्मी र बचाउकर्मीलाई तैनाथ गरिने
दीघा की छवि


पूर्व मेदिनीपुर, 30 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजा आउनअघि नै दिघामा पर्यटकहरूको सुरक्षा बढ़ाउने तयारी शुरु गरिएको छ। एक अक्टोबरदेखि दिघाको समुद्र तटमा पुलिस, सिभिक भोलन्टियर, नुलिया तथा बचाउ दलहरूको सङ्ख्या बढ़ाएर लगभग 100 गरिनेछ। समुद्रमा उद्धार कार्यका लागि नयाँ स्पिड बोटहरूलाई पनि तैनाथ गरिनेछ।

विगत केही महिनाभित्रमा दिघाको समुद्रमा नुहाउने क्रममा डुब्ने र बेपत्ता हुने जस्ता थुप्रै घटनाहरू भइसकेका छन्। दुर्गा पूजाको समयमा पर्यटकहरूको सङ्ख्या बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सुरक्षा व्यवस्था सुदृढ गर्ने निर्णय गरेको हो।

बुधबार जिल्ला मेजिस्ट्रेट निरञ्जन कुमारले पर्यटकलाई समुद्रमा सावधानी अप्नाउने आग्रह गरेका छन्। उनले भने, पर्यटकहरूले दिघामा रमाइलो गरून्, तर तिनीहरूको लापरवाहीले कुनै दुर्घटना हुनु हुँदैन। पर्यटकहरू आफ्नो सुरक्षाप्रति पनि सचेत हुनुपर्छ।

पुलिस अधीक्षक अंशुमन साहाले बताए, हाल लगभग 60 देखि 65 जना पुलिसकर्मी, नागरिक स्वयंसेवक, नुलिया तथा उद्धारकर्मीहरूलाई तैनाथ गरिएको छ। एक अक्टोबरदेखि यो सङ्ख्या बढ़ेर लगभग 100 पुग्नेछ। सबैलाई विशेष तालिम पनि दिइएको छ। समुद्रमा डुब्ने पर्यटकलाई उद्धार गर्न र आपतकालीन अवस्थामा तत्काल सहयोग गर्न तालिम दिइएको छ।

समुद्र तटमा माइकिङ्ग गरेर पर्यटकहरूलाई निरन्तर चेतावनी दिइँदैछ। दुर्गा पूजाको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू दिघा आइपुग्ने सम्भावना छ। यसैलाई ध्यानमा राखेर समुद्र तटमा सुरक्षाएवंर निगरानी प्रणालीलाई अझ सुदृढ बनाइँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande