
होजई (असम), 30 सेप्टेम्बर (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले बुधवार होजईमा 101 वर्षीय उपेन्द्र विश्वासको निवासमा पुर उनलाई 'वरिष्ठ नागरिक पुरस्कारद्वारा सम्मानित गरे। यो सम्मान समाज एवं राज्यको उनले पुऱ्याएको आजीवन योगदान अनि सेवाका लागि प्रदान गरिएको हो।
राज्यपालले उपेन्द्र बिस्वासलाई परम्परागत गमछा, सेलेङ्ग च्यादर, शल, धोती, छाता तथा फलहरूको टोकरी भेटं गरे। यस अतिरिक्त उनले 51,000 रुपियाँको चेक पनि प्रदान गरे।
यस अवसरमा बोल्दै राज्यपाल आचार्यले उपेन्द्र विश्वासको जीवनलाई समर्पण, कडा परिश्रम तथा अनुशासनको प्रेरणादायी उदाहरण बताए। उनले भने, वरिष्ठ नागरिकहरूलाई सम्मान गर्नु भनेको त्यस पिंढ़ीको मूल्य, सङ्घर्ष अनि योगदानप्रति सम्मान व्यक्त गर्नु हो जसले देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा