
कोलकाता, 30 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालका ग्रामीण विकास मन्त्री दिलीप घोषले बुधवार दिल्लीमा हुन गइरहेको इण्डिया गठबन्धनको बैठकलाई लिएर पूर्व मुख्यमन्त्री ममता ब्यार्जी र तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीमाथि कटाक्ष गरे। उनले भने, मिडियाको लागि समाचार दिल्ली जाने र त्यहाँबाट फर्किनसम्मा मात्र सीमित छ, तर यसबाट कुनै परिणाम निक्लिनेवाला छैन।
कोलकातामा पत्रकारहरूसँग कुराकानी गर्दै घोषले भने, मिडियाको लागि यतिमात्र समाचार हो कि उनीहरू दिल्ली गइरहेका छन् अनि दिल्लीबाट फर्किरहेका छन्। यसको परिणाम के हुनेछ? केही हुनेवाला छैन।
नयाँ दिल्लीको कन्स्टिट्यूशन क्लबमा बुधबार इण्डिया गठबन्धनको बैठक प्रसतावित छ। बैठकमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण तथा निर्वाचन आयोगको कार्यप्रणालीमाथि विपक्षी दलहरूले उठाइरहेका चिन्ताहरूबारे छलफल हुने बताइएको छ। विपक्षी गठबन्धनभित्र छलफलपछि भएपछि बैठकको एजेण्डा तय गरिएको छ।
कङ्ग्रेस कार्य समितिले पहिला नै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई हटाउे माग उल्लेखित प्रस्ताव पारित गरिसकेको छ। बैठकमा यी मुद्दाहरूमा विपक्षीको समन्वित राजनीतिक प्रतिक्रियालाई लिएर पनि चर्चा हुने सम्भावना छ।
निर्वाचन आयोगको आलोचनामा दिलीप घोषले कङ्ग्रेसको पुरानो चुनावी प्रदर्शनको उल्लेख गर्दै भने, कङ्ग्रेसले यही निर्वाचन आयोग हुँदा नै चुनाउ जितेको थियो। उनले भने, कङ्ग्रेसले दश वर्षसम्म शासन गऱ्यो। विभिन्न राज्यहरूमा पनि यही आयोग हुँदा चुनाउ जितेर सत्तामा पुग्यो। घोषले भने, आयोग त्यहीँ हो, तर अब निरन्तर हारको शृङ्खला शुरु भएको छ।
उनले मतदाता सूचीको विशेष गहन पुनरीक्षणको पक्ष लिँदै अघि भने, यस प्रक्रियाको माध्यमबाट नक्कली मतदाताहरूलाई बाहिर निकालिएको छ। देशको नागरिक नभएका वा आवश्यक कागज-पत्र नभएका व्यक्तिहरूको नाम हटाइएको उनले दाबी गरे। घोषले यस्ता नामहरूलाई लिएर विरोध गर्नुको कुनै अर्थ नरहेको बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा