सीआईटी कोकराझारमा बानसूको दुई दिवसीय धरना शुरु
सीआईटी कोकराझारमा बानसूको दुई दिवसीय धरना शुरु


कोकराझार (असम), 30 सेप्टेम्बर (हि.स.)। कोकराझारको बाला गाउँस्थित केंद्रीय प्रौद्योगिकी संस्थान (सीआईटी)- को छात्रावासमा खाना विषाक्तताको घटनालाईलिएर प्रतिक्रिया जारी छ। घटनाको विरोधमा तथा विभिन्न मागहरूको समर्थनमा बोड़ो राष्ट्रिय विद्यार्थी यूनियन (बानसुू)- को केन्द्रिय समितिको तत्वावधानमा बुधवारदेखि दुई दिवसीय धरना कार्यक्रम शुरु गरिएको छ।

सीआईटीको मुख्य द्वार अगाड़ि आयोजित धरना कार्यक्रममा बानसूका कार्यकर्ताहरूले ब्यानर तथा प्लेकार्ड बोकेर भाग लिए। प्रदर्शनकारीहरूले संस्थानको प्रशासनिक एवं व्यवस्थागत मुद्दाहरूलाई लिएर आफ्ना मागहरू उठाए।

बनसूका प्रमुख सल्लाहकार मनञ्जय देमारीले मिडियासँगको कुराकानीमा संस्थानको बोर्ड अफ गभर्नर (बीओजी)- का अध्यक्षको तत्काल नियुक्ति, पूर्णकालिक निर्देशकको नियुक्ति र सीआईटी परिसरमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ बनाउने माग गरे।

यसबाहेक उनले छात्रावासहरूमा सुरक्षित र स्वच्छ भोजनको गुणस्तर सुनिश्चित गर्ने, कार्यवाहक रजिष्ट्ररले पदबाट राजीनामा दिएर नयाँ रेजिष्ट्रर नियुक्त गर्ने, भ्रष्टाचार विरोधी संयन्त्रलाई सुदृढ पार्ने तथा पारदर्शिता अनि प्रशासनिक सुधार सुनिश्चित गर्ने माग गरे। बनसूले संस्थानमा तत्काल दीक्षान्त समारोह आयोजना गर्ने माग पनि उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande