हाइवे कोरिडोर निर्माण गर्ने घोषणालाई सांसद राजू बिष्टले  स्वागत गर्दै भने- उत्तर बङ्गाल र पूर्वोत्तरको कनेक्टिभिटी सुदृढ़ हुनेछ
राजमार्ग मंत्री नितिन गडकरी के साथ सांसद राजू बिष्ट केंद्रीय सड़क परिवहन- फाइल फोटो


सिलगढ़ी, 30 सेप्टेम्बर (हि.स.)। दार्जिलिङका सांसद राजू बिष्टले सिलगढ़ी, गुवाहाटी एवं शिलङ्गलाई जोड्ने प्रस्तावित 630 किलोमिटर लामो हाइवे कोरिडोरको घोषणालाई स्वागत गरेका छन्। केन्द्रिय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गड़करीले यस परियोजनाको अनुमानित लागत 61 हजार 5 सय करोड रुपियाँ रहेको बताएका छन्।

सांसद राजू बिष्टले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी भने, यो परियोजना उत्तर बङ्गाल एवं सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रका लागि महत्त्वपूर्ण पूर्वाधार पहल हो। बिष्ट अनुसार यसले यस क्षेत्रमा सड़क सम्पर्क, आर्थिक गतिविधि तथा रणनीतिक सम्पर्कलाई बलियो बनाउनेछ। प्रस्तावित कोरिडोरमा सिलगढ़ी-गुवाहाटीबीच लगभग 400 किलोमीटरको भाग सामेल छ जसकोक अनुमानित लागत 30 हजार करोड़ रुपियाँ रहेको बताइएको छ।

आफ्नो बयानमा बिष्टले सिलगढ़ी कोरिडोर जसलाई आम रूपमा ‘चिकन नेक’ कहलाइन्छ,-को रणनीतिक महत्त्वको उल्लेख गरे। उनले भने, प्रस्तावित कोरिडोरसँगसँगै गोरखपुर-सिलगढ़ी एक्सप्रेसवे परियोजनाले उत्तर भारत, उत्तर बङ्गाल औ उत्तर-पूर्वमाझ सड़क सम्पर्कलाई मजबुत बनाउनेछ। केन्द्र सरकारले गोरखपुरदेखि सिलगढ़ीसम्म एक्सप्रेस-वे कनेक्टिभिटी परियोजनामाथि पनि काम शुरु गरेको छ।

उनले भने, उत्कृष्ट हाइवेबाट माल परिवहन, पर्यटन, व्यापार औ यात्रु आवागमनलाई सहज बनाउनेछ। साथै उत्तर बङ्गाल र पूर्वोत्तरका युवाहरूका युवाहरूका लागि रोजगार अनि आजीविकाका अवसरहरू बढ्ने अपेक्षा गरिएको छ।

राजू बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्री नितिन गड़करीप्रति कृतज्ञता व्यक्त गर्दै यसलाई दार्जिलिङ पाहाड, सिलगढ़ी, तराई, डुवर्स एवं सम्पूर्ण उत्तर-पूर्वी क्षेत्रका लागि महत्त्वपूर्ण कदम बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande