
कोलकाता, 30 सेप्टेम्बर (हि.स.)। महान समाज सुधारक तथा शिक्षाविद् पण्डित ईश्वर चन्द्र विद्यासागरको 207 औँ जन्मजयन्तीको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले उनको पैतृक गाउँ वीर सिंहमा पुगेर उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
पश्चिम मेदिनीपुर जिल्लामा अवस्थित यस जन्मस्थलीमा आयोजित विशेष स्मारक समारोहमा भाग लिँदै मुख्यमन्त्रीले राज्यको समग्र विकास तथा औद्योगिकीकरणको सकारात्मक तस्वीर प्रस्तुत गरे भने अर्कोतिर घाटल मास्टर प्लान तथा विभिन्न सामाजिक समस्याहरूलाई लिएर पछिल्लो राज्य सरकारको नीतिमाथि चर्को प्रहार गरे।
समारोहको मञ्चबाट आफ्नो सम्बोधनमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा नयाँ लगानी एवं औद्योगिक सम्भावनाहरूको ठूलो घोषणा गरे। रिलायन्स जस्ता देशका अग्रणी औद्योगिक घरानाले पश्चिम बङ्गालमा ठूलो लगानी गरिरहेका छन्। यस निवेशको रुपरेखा तय गर्ने उद्देश्यले रिलायन्सको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले चाँडै कोलकाता भ्रमण गर्ने भएको छ। साथै शिक्षाको प्रसार अनि सामाजिक सुधारका विषयमा बोल्दै मुख्यमन्त्रीले पूर्ववर्ती सरकारको कार्यकालको कडा आलोचना गरे।
पछिल्लो सरकारमाथि सोझै प्रहार गर्दै मुख्यमन्त्रीले भने, पछिल्लो सरकारको गलत एवं भ्रामक नीतिका कारण आज हाम्रो राज्य शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा निकै पछाडिएको छ। उनले चिन्ता व्यक्त गर्दै भने, देशमा बालविवाहको बढ्दो दरको सन्दर्भमा राज्य आज उच्च स्थानमापुगेको छ। यद्यपि, मुख्यमन्त्रीले उपस्थित जनमूहलाई आश्वस्त पारे, वर्तमान भाजपा सरकारको कार्यकालमा सबै क्षेत्रमा सर्वांगीण परिवर्तन अनि विकासलाई कुनै पनि स्थितिमा सुनिश्चित गरिनेछ।
पूर्वाधार तथा रोकिएका परियोजनाहरूको उल्लेख गर्दै अधिकारीले अघिल्लो स्मरण गराए, पछिल्लो सरकारले पाँशकुड़ादेखि घाटलको इड़पालासम्म इडपालासम्म बिछ्याउने रेल लाइनको लागि जमीनको पेँचलाई फसाएर राखेको थियो। उनले स्पष्ट पारे, वर्तमान सरकारले त्यस जमीनको व्यवस्था गरिदिएको छ जसबाट रेलवे लाइनको काम अब अगाड़ि बढ़्नसक्छ।
आफ्नो सम्बोधनको अन्त्यमा मुख्यमन्त्रीले राज्यका जनतालाई कड़ा सन्देश दिए, जनताले जुन आशा र सुनौलो सपना देखेर पश्चिम बङ्गालमा भाजपाको सरकार गठन गरेका छन्, ती सबै आकाङ्क्षाहरूलाई पूर्ण निष्ठाको साथमा साकार पारिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा