धान खरिदमथि  नवनियुक्त पीपीसी प्रबन्धकहरूको  निम्ति गुवाहाटीमा तालिम कार्यक्रम सम्पन्न
Image of the Training Programme on Paddy Procurement Held for Newly Appointed PPC Managers in Guwahati.


गुवाहाटी, 30 सेप्टेम्बर (हि.स.)। असम खाद्य तथा नागरिक आपूर्ति निगम लिमिटेड (एएफसीएससीएल) ले बुधवार खानपाड़ास्थित राज्य ग्रामीण विकास संस्थान (एसआईआरडी) को एकाडेमिक हलमा नवनियुक्त धान खरिद केन्द्र (पीपीसी) प्रबन्धकहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

कार्यक्रमको उद्देश्य नवनियुक्त पीपीसी प्रबन्धकहरूलाई असममा धान खरिदसँग सम्बन्धित विभिन्न प्रक्रियाहरू, परिचालन आवश्यकताहरू तथा प्राविधिक पक्षहरूसँग परिचित गराउनु थियो।

कार्यक्रममा असम सरकारको खाद्य, सार्वजनिक वितरण तथा उपभोक्ता मामिला विभागका अतिरिक्त मुख्य सचिव विश्व रञ्जन सामल, आईएएस, एएफसिएससीएलका उपाध्यक्ष दिवान ध्रुवज्योति माराल, विभागकी सचिव अनुसुआ दत्त बरुआ, आईएएस र एएफसिएससीएलका प्रबन्ध निर्देशक पारिजात भुइयाँ सहित प्रशिक्षु पीपीसी प्रबन्धकहरू, जिल्ला अधिकारीहरू, निगमका अधिकारी एवं कर्मचारीहरू उपस्थित थिए।

प्रशिक्षण अवधि किसानको पञ्जीकरण, धानको गुणस्तर मूल्याङ्कन, धान खरिदमा कृषि विभागको भूमिका, किसानहरूलाई न्यूनतम समर्थन मूल्य (एमएसपी)-को भुक्तान, यातायात एवं गोदाम बिल जमा गर्ने तथा मिलिङ्ग प्रोत्साहन सम्बन्धी प्रक्रियाहरूबारे विस्तृत रूपमा छलफल गरियो।

यसबाहेक धान खरिदसँग सम्बन्धित सूचना प्रविधि पक्षबारे पनि तालिम दिइयो। यसको लागि दुई समूहमा व्यावहारिक प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो। सहभागीहरूलाई परिचालन चुनौती एवं खरिद प्रक्रियासँग सम्बन्धित समस्याहरूबारे छलफल गर्ने अनि समाधान खोज्ने अवसर दिइएको थियो।

प्रशिक्षण कार्यक्रमको उद्देश्य पीपीसी प्रबन्धकहरूको खरिद प्रक्रिया, गुणस्तर मापदण्ड औ दस्तावेजी आवश्यकताहरूको बुझाईलाई सुदृढ पार्नु अनि राज्यमा धान खरिद प्रणालीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु थियो।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande