कोक्राझारमा शव भेटिएको घटनाले खैलाबैला
कोक्राझारमा शव भेटिएको घटनाले खैलाबैला


कोकराझार (असम), 30 सेप्टेम्बर (हि.स.)। कोक्राझार जिल्ला शहरको वार्ड नम्बर-7 स्थित बागानशाली क्षेत्रमा बुधवार बिहान एकजना व्यक्तिको शव फेला परेको घटनापछि खैलैबालै मचियो।

जानकारी अनुसार बागानसालीको सड़क किनारमा रहेको एउटा बिजुलीको खम्बा छेउमा स्थानीयहरूले शव लड़िरहेको देखे। घटनाको सूचना पुलिसलाई दिइयो। सूचना पाए लगत्तै कोकराझार पुलिसको टीमले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिएर घटनाको प्रारम्भिक जाँच शुरु गऱ्यो।

अन्तिम रिपोर्ट आउँदासम्ममा पनि मृतकको पहिचान हुन सकेको थिएन। घटनाको परिस्थिति शङ्कास्पद भएकाले पुलिसले यस आशङ्कालाई पनि ध्यानमा राखेर जाँच गरिरहेको छ कि व्यक्तिको हत्या गरी शव त्यहाँ फालिएको थियो। तथापि पोस्टमार्टम रिपोर्ट र पुलिसको अनुसन्धान पूरा भएपछि मात्र मृत्युको सही कारण थाहा हुने छ।

पुलिसले मृतकको पहिचान सुनिश्चित गर्नको साथै घटनासँग सम्बन्धित विभिन्न पक्षहरूको अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande