
जलपाईगुड़ी, 05 सेप्टेम्बर (हि.स.)। नन्द उत्सव र काठाम पूजासितै जलपाईगुड़ीको ऐतिहासिक वैकुण्ठपुर राजबाड़ीमा 517औं वर्ष पुरानो दुर्गापूजाको शुरुआत भएको छ। जन्माष्टमीको दोस्रो दिन आयोजना हुने पारम्परिक नन्द उत्सवसितै राजबाड़ीमा दुर्गोत्सवको तयारी पनि शुरू भएको छ।
पारिवारिक परम्परा अनुसार शनिवार बिहान राजबाड़ीमा नन्द उत्सवको आयोजन गरियो। उत्सवको प्रमुख आकर्षण पारम्परिक कादा खेल रह्यो। यसै खेलमा प्रयोग गरिएको माटोले राजबाड़ीको दुर्गा प्रतिमामा पहिलो लेप लगाइन्छ।नन्द उत्ससितै काठाम पूजाको माध्यमबाट दुर्गा प्रतिमा निर्माणको प्रारम्भिक चरणको शुरूआत भयो।
राजबाड़ीको नाटमन्दिरमा शनिवारदेखि नै प्रतिमा निर्माणको कार्य शुरू गरिएको छ। वर्षौ पुरानो पारिवारिक परम्परा तथा रिती-थितीलाई पालन गरी प्रतिमा तयार गरिनेछ। राजबाड़ी सूत्र अनुसार महालयको बिहान दुर्गा प्रतिमाको चक्षुदान गरिनेछ। नन्द उत्सव र काठाम पूजासँगै ऐतिहासिक वैकुण्ठपुर राजबाड़ीमा दुर्गापूजालाई लिएर उत्सवको माहोल बन्न शुरू भएकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा