
गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। गुवाहाटीको अन्तर्राज्यीय बस टर्मिनल (आईएसबीटी)- मा शनिवार भएको एक सड़क दुर्घटनामा स्कुटी सवार एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
प्रत्यक्षदर्शीहरू अनुसार स्कुटी अनियन्त्रित भएर एउटा मालवाहक ट्रकमुनि पस्यो। दुर्घटनामा स्कुटी सवारको घटनास्थलमै मृत्यु भयो।मृतकको पहिचान अहिले हुनसकेको छैन। यस दुर्घटनाको सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा