(अपडेट) असममा ‘अपरेशन अगेन्स्ट 420’ अन्तर्गत ठूलो कारबाही, एक दिनमा 350 ठग पक्राउ
(अपडेट) असममा ‘अपरेशन अगेन्स्ट 420’ अन्तर्गत ठूलो कारबाही, एक दिनमा 350 ठग पक्राउ


गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। असम पुलिसले ठगी अनि धोकाधड़ीविरूद्ध राज्यव्यापी अभियान सञ्चाल नगरी एकै दिनमा लगभग 350 जनाआरोपीहरूलाई पक्राउ गरेको छ। असमका पुलिस महानिदेशक (डीजीपी) हरमीत सिंहले शनिवार प्रेसवार्तामा उक्त आशयको जानकारी दिए।

डीजीपीले बताए, एसपी सम्मेलन भएको 48 घण्टाभित्रै ‘अपरेशन अगेन्स्ट 20’ अन्तर्गत राज्यका 29 वटा जिल्लाहरूमा सवेरै लगभग 3 बजे व्यापक अभियान सञ्चालन गरियो। पुलिसका विभिन्न टीमहरूले समन्वित कारबाही गर्दै केही स्थानहरूमा छापामारी गरी ठगीमा सामेल आरोपीहरूलाई पक्राउ गरे।

उनले बताए, पक्रा पर्ने आरोपीहरूमा केहीले नोकरी दिलाउने अनि विभिन्न कार्यालयहरूमा काम दिलाउने प्रलोभन देखाएर मानिसहरूलाई ठग्ने गर्दथे। केही आरोपीहरूले मानिसहरूलाई विश्वास दिलाउनको लागि पुलिस अधिकारी अनि अधिवक्ताहरूको नाम लिने गर्दथे।

डीजीपीले बताए, जाली फोन कल र सन्देशहरूको माध्यमबाट वित्तीय धोकाधड़ी गर्नेहरूविरूद्ध पनि कारबाही गरिएको छ। अभियान अवधि यस्ता मामिलाहरूमा सामेल लगभग 350 जना आरोपीहरूलाई पक्राउ गरियो।

हरमीत सिंहले भने, ठगी, साइबर अपराध तथा वित्तीय धोकाधड़ीमा सामेल मानिसहरूविरूद्ध असम पुलिसको अभियान भविष्यमा पनि कायम रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande