बाल विवाह उन्मूलनको लागि 27 नोभेम्बरमा अन्तर्राष्ट्रिय दिवस घोषित, मुख्यमन्त्री सरमाले गरे स्वागत
बाल विवाह उन्मूलनको लागि 27 नोभेम्बरमा अन्तर्राष्ट्रिय दिवस घोषित, मुख्यमन्त्री सरमाले गरे स्वागत


गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। संयुक्त राष्ट्रद्वारा आगामी 27 नोभेम्बरलाई बाल विवाह उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषित गरिएकोलाई असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले स्वागत गरेका छन्। उनले यसलाई बाल विवाह जस्तो सामाजिक कुरितीविरूद्ध वैश्विक लड़ाईँमा एक महत्वपूर्ण कदम बताए।

मुख्यमन्त्री सरमाले शनिवार भने, संयुक्त राष्ट्रको यो निर्णयले बाल विवाह उन्मूलन गर्नको लागि असम सरकारले गरिरहेको प्रयासलाई समर्थन तथा थप बल प्रदान गर्नेछ। उनले भने, बाल विवाह जस्तो सामाजिक बिसङ्गतिलाई निर्मूल पार्नको लागि समाजका सबै वर्गको सहभागिता अनि निरन्तर प्रयासको खाँचो छ।

डा. हिमन्त बिस्व सरमाले भने, असम सरकारले बाल विवाहविरूद्ध लगातार कड़ा कदम उठाइरहेको छ भने यस सामाजिक बिसङ्गतिलाई निमिट्यान्न पार्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ। उनले भने, बाल विवाहलाई रोकथाम गर्न अनि यसको विरोधमा जागरूकता बढ़ाउनको लागि सरकारद्वारा लगातार प्रयास गरिँदैछ।

मुख्यमन्त्रीले संयुक्त राष्ट्रको यस फसेला बारे सोशल मिडियाको माध्यमबाट साझा गर्दै यसलाई बाल विवाहविरूद्ध सञ्चालित प्रयासहरूलाई वैश्विक स्तरमा नयाँ गदि दिने कदम बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande