राहुल गान्धीले महाराष्ट्रका विद्यार्थी आन्दोलनलाई समर्थन गरे
कांग्रेस के पूर्व अध्यक्ष और लोकसभा में नेता प्रतिपक्ष राहुल गांधी (फाइल फोटो)।


नयाँ दिल्ली, 06 सेप्टेम्बर (हि.स.)। कांग्रेसका पूर्व अध्यक्ष तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले महाराष्ट्रमा जारी विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै सडकमा उत्रिएका हजारौँ विद्यार्थीको समस्या कुनै एउटा परीक्षा वा भर्ती प्रक्रियासँग मात्र सम्बन्धित नभएको बताएका छन्।

उनले यो आन्दोलन समग्र व्यवस्थाप्रतिको टुट्दै गएको विश्वासको परिणाम भएको बताएका छन्। राहुल गान्धीले विद्यार्थीहरूको सफल भविष्यसँग सम्बन्धित प्रत्येक माग जायज रहेको उल्लेख गर्दै सरकारले उनीहरूको आवाज सुनेर तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मा महाराष्ट्रमा हजारौँ विद्यार्थी शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेको बताएका छन्। केन्द्र तथा राज्यका भाजपा सरकारका कारण विद्यार्थीहरू समस्यामा परेको उनको आरोप छ। प्रश्नपत्र लीक, रोकिएका भर्ती प्रक्रिया, शिक्षाको बढ्दो लागत, छात्रावासमा अमानवीय अवस्था, खराब खाना तथा प्रत्यक्ष लाभ हस्तान्तरण (डीबीटी) मा कथित अनियमितताजस्ता समस्याबाट विद्यार्थीहरू पीडित रहेको उनले बताएका छन्।

महाराष्ट्र लोकसेवा आयोग (एमपीएससी) जस्तो संवैधानिक संस्थाको विश्वसनीयतामाथि समेत प्रश्न उठाउँदै राहुल गान्धीले उक्त संस्थामाथि कब्जा जमाएर यसको विश्वसनीयतालाई कमजोर बनाइएको आरोप लगाए।

गान्धीले सरकारसँग विद्यार्थीका मागमाथि तत्काल कारबाही गर्न माग गरेका छन्। उनले विद्यार्थीहरूको आवाज नसुनिए न्याय प्राप्त नहुँदासम्म उनीहरूको आन्दोलनको आवाज अझ बुलन्द हुँदै जाने चेताउनीसमेत दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande