लोकसभा अध्यक्षले सोमवार दुई दिने अखिल भारतीय क्षमता निर्माण कार्यशालाको उद्घाटन गर्ने
लोकसभा अध्यक्ष ओम बिरला (फाइल फोटो)


नयाँ दिल्ली, 0६ सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले सोमवार फरीदाबादमा आयोजित दुईदिने अखिल भारतीय क्षमता निर्माण कार्यशालाको उद्घाटन गर्नेछन्।

“जेंडर-रिस्पोन्सिभ गभर्नेन्स” विषयमा आधारित यो कार्यक्रम फरीदाबाद स्थित ताज सूरजकुण्ड रिसोर्टमा राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) को आयोजनामा हुनेछ। महिला जनप्रतिनिधिहरूको राजनीतिक क्षमता तथा नेतृत्व क्षमता वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको यो राष्ट्रिय कार्यशाला एक रणनीतिक पहल हो।

कार्यशालामा २५ राज्यका २०० भन्दा बढ़ी महिला विधायकलाई विशेष प्रशिक्षण प्रदान गरिनेछ। प्रशिक्षण मार्फत विधायी प्रक्रिया, नीति निर्माण, प्रभावकारी सञ्चार, वार्ताको कौशल तथा समावेशी नेतृत्व सम्बन्धी उनीहरूको समझलाई थप सुदृढ़ बनाउने उद्देश्य राखिएको छ।

कार्यक्रममा विशेष अतिथिका रूपमा हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनी, राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजया राहटकर सहित अन्य विशिष्ट व्यक्तिहरूको पनि सहभागिता रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande