झारखण्डका मन्त्री सुदिव्य कुमार सोनुको निधन
फाइल  फोटो मंत्री


राँची, 06 सेप्टेम्बर (हि.स.)। गिरिडीहका विधायक तथा झारखण्ड सरकारका नगर विकास मन्त्री सुदिव्य कुमार सोनुको निधन भएको छ। शनिबार राति उनलाई हृदयाघात भएको बताइएको छ। परिवारजनले उनलाई अस्पताल पुर्याए पनि त्यतिबेलासम्म उनको निधन भइसकेको थियो।

सुदिव्य सोनुको निधनपछि पूरै राज्यमा शोकको वातावरण छ। शनिबार सुदिव्य सोनु गिरिडीहस्थित आफ्नै घरमा थिए। उनले दुई छोरी र एक छोरासहित भरिपूर्ण परिवारलाई पछाडि छाडेका छन्।

सुदिव्य सोनुको निधनको खबरपछि गिरिडीह शहरमा शोक छाएको छ। झारखण्ड मुक्ति मोर्चा (झामुमो) का कार्यकर्ताहरूमा शोकको लहर फैलिएको छ। सयौँ कार्यकर्ता उनको घरमा पुगेका छन्। राज्यका मुख्यमन्त्री, सबै मन्त्री तथा विधायकहरू गिरिडीह पुग्ने बताइएको छ।

झारखण्ड मुक्ति मोर्चाका केन्द्रिय महासचिव विनोद पाण्डेको कार्यालयले पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य तथा मन्त्री सुदिव्य कुमार ‘सोनु’ को आकस्मिक निधन भएको जानकारी दिएको छ। शोकको यस कठिन समयमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ता मर्माहत र शोकसन्तप्त रहेको जनाइएको छ।

यसैबीच, पार्टीले राज्यका सबै जिल्ला अध्यक्ष, जिल्ला सचिव, जिल्ला संयोजक प्रमुख, महानगर अध्यक्ष तथा महानगर संयोजकलाई आगामी दिनमा राज्यका सबै प्रखण्ड मुख्यालयमा आयोजना हुने भनिएको एकदिने धरना-प्रदर्शन अर्को आदेश नभएसम्म स्थगित गर्न निर्देशन दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande