
- इटानगरमा विधानसभाको विशेष सत्रमा सहभागी हुने
इटानगर, 0७ सेप्टेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले पूर्वोत्तर भारतको चारदिने भ्रमणका क्रममा ८ र ९ सेप्टेम्बरमा अरुणाचल प्रदेशको इटानगर भ्रमण गर्ने भएका छन्।
इटानगरको दुईदिने भ्रमणका क्रममा उपराष्ट्रपति अरुणाचल प्रदेश विधानसभाको विशेष सत्रमा सहभागी हुनेछन्। यसका साथै उनले विधानसभा-ग्यालरी र संग्रहालयको पनि भ्रमण गर्नेछन्।
उपराष्ट्रपतिले इटानगरस्थित न्येदार नामलो (मन्दिर), जवाहरलाल नेहरू राज्य संग्रहालय तथा चिम्पूस्थित श्रवण तथा दृष्टिविहीन व्यक्तिहरूका लागि सञ्चालित डोनी पोलो मिशन स्कूलको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।
उपराष्ट्रपतिको स्वागतका लागि राजधानी क्षेत्रमा आवश्यक तयारी पूरा गरिएको छ। सडक मर्मत, सौन्दर्यीकरण तथा अन्य नागरिक सुविधासँग सम्बन्धित कामहरू पनि भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी